बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

हेलिकप्टरमार्फत गर्भवतीको उद्धार

बुधबार, ०२ माघ २०७५, २० : ०९
बुधबार, ०२ माघ २०७५

सोलुखुम्बु । सोताङ गाउँपालिका–५ की एक गर्भवतीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । 

सोलु अस्पताल फाप्लुका प्रमुख चिकित्सक मिङ्मार छिरिङ शेर्पाको पहलमा आज १८ वर्षीया लाफुटी शेर्पाको उद्धार गरिएको अस्पतालकी सूचना अधिकारी सानी शेर्पाले जानकारी दिइन् । 

कैलाश हेलिकप्टरमार्फत उद्धार गरिएको चिकित्सक शेर्पाले जानकारी दिए । 

गर्भवती शेर्पाले आज ३ बजेर ४ मिनेटमा शल्यक्रियामार्फत तीन केजी सात ग्रामकी छोरीलाई जन्मदिएको अस्पतालले जनाएको छ । 

चिकित्सक शेर्पाका अनुसार दुई घण्टामा शल्यक्रिया गर्नुपर्ने भए पनि तालीम प्राप्त स्वास्थ्यकर्मीको अभावका कारण ११ घण्टा लागेको थियो । 

आर्थिक अवस्था कमजोर र जटिल परिस्थितिमा नेपाल सरकारले निःशुल्क उद्धार गर्ने व्यवस्थाअनुरुप नै उद्धार गरिएको उनले बताए । 

शल्यक्रियापछि आमा र बच्चाको अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ । योसँगै दुई महीनाको अवधिमा सोताङबाट गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार गर्नेको सङ्ख्या तीन पुगेको छ । 

पछिल्लो समय नेपाल सरकारले आर्थिक अवस्था कमजोर र जटिल अवस्थाको गर्भवती महिलालाई निःशुल्क उद्धार गर्ने नीतिको कारण भने यहाँका स्थानीयवासीले राहत महशुस गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप