मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

प्रयागराज कुम्भ मेला : मन्त्रीदेखि साधुसम्मको नदीको संगममा डुबुल्की (फोटोफिचर)

बुधबार, ०२ माघ २०७५, १८ : ४९
बुधबार, ०२ माघ २०७५

बीबीसी– हिजो माघ १ बाट भारतको प्रयागराजमा कुम्भ मेला सुरु भएको छ । माघे सङ्क्रान्तीको दिन शाही स्नान गराएर मेलाको शुभारम्भ गराइयो । यसपटकको शाही स्नानमा केन्द्रीय मन्त्री स्मृति इरानीले संगममा डुबुल्की लगाइन् । स्मृतिले यो तस्विर आफ्नो ट्वीटरमा शेयर गरेकी छिन् । 

मेला सुरु भएको अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि शुभकामना दिएका छन् । एक ट्वीट गर्दै उनले लेखेका छन्, ‘मलाई आशा छ कि यो अवसरमा देश–विदेशका श्रद्धालुहरुलाई भारतको अध्यात्मिक, सांस्कृतिक एवं सामाजिक विविधताहरुको दर्शन हुनेछ । धेरैभन्दा धेरै मानिसहरु यो भव्य आयोजनाको हिस्सा बनुन् भन्ने मेरो कामना छ ।’ 

मेला सुरु भएयता तटमा महानिवार्णी र अटल अखाडाँका साधु–सन्तले डुबुल्की लगाए । यसको अतिरिक्त कयैन अखडासँग जोडिएका सन्त पनि एकपछि अर्को संगममा पुगे । 


कुम्भ मेलामा आएका श्रद्धालुहरुमाथि हेलिकप्टरबाट फूलहरुको वर्षा पनि गरिएको छ । 


४९ दिनसम्म चल्ने यो मेलाको समापन मार्च ४ मा हुनेछ । यो बीचमा ८ मुख्य पर्वमा शाही स्नान हुनेछ । 

यो वर्षको कुम्भ मेलामा लगभग १२ करोड मानिसहरु आउने सम्भावना रहेको छ । यसमा १० लाख बराबर विदेशी नागरिकहरु पनि हुने बताइँदैछ । 

कुम्भका जिल्लाधिकारी विजय किरण आनन्दका अनुसार, यो पटक मेला क्षेत्र करिब ४५ वर्ग किमीको दायरामा फैलिएको छ । यसअघि यो २० वर्ग किमी क्षेत्रमा मात्र फैलिएको थियो । 

शाही स्नान भएको स्थानमा विभिन्न अखाडाहरुसँग जोडिएका साधु–सन्तहरु सुन–चाँदीको पालकीहरु अझ हात्ती–घोडामा बसेर पुग्छन् ।  यी साधु–सन्त आ–आफ्नो शक्ति र वैभवको प्रदर्शन गर्छन् । यसमार्फत उनीहरुले शस्त्र र शास्त्रको समन्वयको सन्देश दिन्छन् । 

भारतमा कुल चार स्थानहरुमा कुम्भको आयोजना हुन्छ । ती प्रयागराज, हरिद्वार, उज्जैन र नासिक हुन् ।  यी सबै स्थानहरुमा १२–१२ वर्षमा कुम्भ मेला हुन्छ । प्रयागमा दुई कुम्भ मेलाको बीचमा ६ वर्षको अन्तरालमा अर्धकुम्भ पनि हुन्छ । 

परम्पराअनुसार यो वर्षको मेला अर्थकुम्भ हो तर भारत सरकारले अर्धकुम्भको नाम बदलेर कुम्भ र कुम्भको नाम बदलेर महाकुम्भ गरिदिएको छ । 

कुम्भ मेलाको आयोजना सदियौंदेखि हुदैं आइरहेको छ तर पछिल्ला दशकहरुमा यसले निक्कै ठूलो आकार लिएको छ । सन् २००१ मा आयोजित कुम्भ मेला इलाहावादको पहिलो यस्तो ‘मेगा मेला’ थियो । 

यो वर्षको मेलाको आयोजनाको बजेट २८ अर्ब भारु रहेको छ । ४९ दिनसम्म मेला चल्दा ब्रिटेन र स्पेनको संयुक्त जनसंख्याभन्दा बढी मानिसहरु मेलामा पुग्ने सम्भावना छ । 


कुम्भमा हिन्दू तीर्थयात्रीहरु गंगा, यमुना र पौराणिक नदी सरस्वतीको संगममा जम्मा हुन्छन् । 

सरस्वती नदी अब लोप भइसकेको छ । 

सन् १९४६ मा यस मेलामा हराएकाहरु जम्मा हुन क्याम्प लगाइएको थियो । त्यो बेलादेखि हालसम्म यिनले अनगिन्ती परिवाहरुलाई भीडमा विछोडिएका आफन्तहरुसँग भेटाउन मदत गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप