शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

भारत भ्रमण सकेर प्रधानसेनापति पूर्णचन्द्र थापा फर्किए

बुधबार, ०२ माघ २०७५, १७ : ५७
बुधबार, ०२ माघ २०७५

काठमाडौं– प्रधानसेनापति पूर्णचन्द्र थापा ६ दिने भारत भ्रमण सकेर बुधबार स्वदेश फिर्ता भएका छन् । 

थापा भारतका स्थल सेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा पुस २७ गते भारत भ्रमणमा गएका थिए । 

प्रधानसेनापति थापालार्ई बलाधिकृत रथी हेमन्तराज कुँवरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए भने नेपाली सेनाका रथीहरुले जंगी अड्डामा सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । 

भारत भ्रमणमा रहँदा सेनापति थापालाई भारतका राष्ट्रपति रामनाथ कोविन्दले भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेका थिए । 

भ्रमणका क्रममा प्रधानसेनापति  थापाले भारतीय सेनाका समकक्षी स्थल सेनाध्यक्ष जनरल रावतसँग भेटघाट गर्नुको साथै न्यू दिल्लीस्थित नेशनल डिफेन्स कलेज, जयपुरस्थित मुख्यालयहरुको निरिक्षण भ्रमण समेत गरेका थिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप