मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सञ्चारमाध्यामले सँधै नकारात्मक कुराहरु मात्रै देखे : प्रधानमन्त्री ओली

बुधबार, ०२ माघ २०७५, १७ : ५४
बुधबार, ०२ माघ २०७५

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारजगतले सँधै नकारात्मक कुराहरु मात्रै औंल्याउँदै आएको भन्दै असन्तुष्टि प्रकट गरेका छन् । २१ औं भूकम्प सुरक्षा दिवसको सन्र्दभमा भूकम्प सुरक्षा दिवस मूल समारोह समितिले बुधबार ललितपुरमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुननिर्माणको क्षेत्रमा उल्लेख्य काम भएपनि सञ्चार जगतले सँधै नकारात्मक विषयको मात्रै उठान गर्ने गरेको बताएका हुन् । 

आफ्नो नेतृत्वको सरकारले भूकम्पले क्षति पुर्याएको संरचना पुननिर्माण र व्यक्तिगत आवास निर्माणको क्षेत्रमा उल्लेख्य काम भएको भन्दै उनले सकारात्मक उपलब्धिमा मिडियाले चासो नदिएकोमा असन्तुष्टि व्यक्त गरे  ।

उनले मानवीय आकांक्षा वा स्वार्थका कारण र प्राकृतिक विपत्तिले ल्याएको खतराबाट सबैलाई सुरक्षित राख्ने अभियानमा सरकार जुटेको स्पष्ट पारे । आवास निर्माणका क्रममा असक्त, अपाङ्ग, बालबालिका, जेष्ठ नागरिक, सुत्केरी तथा एकल महिला लगायतलाई प्राथमिकतामा राखिएको पनि उनले बताए । 

प्रधानमन्त्री ओलीले भौगोलिक दृष्टिले जोखिमयुक्त रहेका बस्तीलाई सुरक्षित स्थानमा सार्ने कार्यलाई पनि सरकारले प्राथमिकतामा राखेको उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप