शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश ५ नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनमा नयाँ नेतृत्व

बुधबार, ०२ माघ २०७५, १६ : ५७
बुधबार, ०२ माघ २०७५

बुटवल– नेपाल स्वास्थकर्मी तथा कर्मचारी युनियन प्रदेश ५ को प्रथम भेला सम्पन्न भएको छ ।  भेलाले ११ सदस्यीय नयाँ प्रदेश कमिटि गठन गरेको छ ।ट्रेड यूनियन माहासंघ (जिफन्ट) राष्ट्रिय कमिटि

उपाध्यक्ष कमल गौतमको आतिथ्यमा भएको भेलाले चन्द्र मल्लको अध्यक्षतामा नयाँ  समिति गठन गरेको हो । 

जसको उपाध्यक्षमा रत्ना गिरी, सचिवमा  खेमराज अर्याल, सह सचिव जीवनाथ  गैरे र कोषाध्यक्षमा रमेश घिमिरलाई चयन गरेको छ । 

त्यस्तै सदस्यहरुमा बसन्ती घिमिरे, देवीगोदार, आनन्द न्यौपाने, गोकर्ण शाही,झरना बुढाथोकी र गोरखनाथ यादव छन्  ।

कार्यक्रममा नेपाल स्वस्थ्यकर्मी तथा कर्मचारी यूनियनका केन्द्रीय अध्यक्ष चन्द्र थापा, नेपाल ट्रेड युनियन माहासंघ (जिफन्ट) का केन्द्रीय विदेश विभाग सचिव दामोदर सापकोटा, नेपाल ट्रेड यूनियन माहासंघ(जिफन्ट) प्रदेश नम्बर ५ का अध्यक्ष हरि कार्की, सचिव हुमाकान्त काफ्ले, खेमराज अर्याल लगायतले सहभागी भएका थिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप