शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव बिडारीबाट सञ्चारकर्मीमाथि दुर्व्यवहार

बुधबार, ०२ माघ २०७५, १६ : ३५
बुधबार, ०२ माघ २०७५

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव नारायण प्रसाद बिडारीले सथानीय २ जना पत्रकारलाई दुब्र्यवहार गरेका छन् ।

बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मन्त्रिपरिषदका निर्णय लिन पुगेका स्थानीय सञ्चारकर्मीहरु जनक बिष्ट र पदम भट्टमाथि उनले दुव्र्यबहार गरेका हुन् । 

सूचनाका लागि १५ दिन अगाडि निवेदन एिका उनीहरु बुधबार बिडारीको कार्यकक्षमा पुग्दा उनले हातमा क्यामेरा छ भन्दैमा जे पनि सोध्न पाउँछौ भन्दै क्यामेरा नियन्त्रणको प्रयास गरेको पीडितहरुले बताएका छन् । उनीहरुका अनुसार क्यामेरा नियन्त्रणमा लिन नसकेपछि सचिव विडारीले कार्यकक्षबाट बलपूर्वक बाहिर निकालेको दावी गरेका छन् ।

यसैवीच नेपाल पत्रकार महासंघ कैलाली शाखाले घटनाको भत्र्सना गरेको छ । महासंघ शाखाले प्रेस विज्ञप्ती जारी गर्दै पत्रकारद्वयमाथि प्रमुख सचिव बिडारीले गरेको दुब्र्यवहारप्रति घोर भत्र्सना गर्दै निन्दा समेत गरेको छ ।

महासंघका सचिव मीन ठकुरीद्धार हस्ताक्षरित बिज्ञप्तिमा पत्रकारमाथि दुब्र्यवहार गर्ने सचिव बिडारीमाथि कानुनी कारवाही गर्न माग गरेको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप