चोभारमा फिल्म ‘रे’
काठमाडौं – ‘रे’ अहिले छायाँकन भइरहेको फिल्म हो । फिल्मको केही दिनदेखि काठमाडौको चोभारमा द्धन्दका दृश्यहरु छायाँकन भइरहेका छन् । फिल्मका लागि अहिले कलाकार सुनिल थापा, सुजाता थापा, दिवस धिताल, क्रान्ति बराइलीले लगायतका कलाकारले द्धन्दका दृश्य दिइरहेका छन् । कुमार श्रेष्ठ र शंकर महर्जनले द्धन्द्धको निर्देशन गरिरहेका छन् ।
काठमाडौं उपत्यकाभित्र हुने चर्चित ३ जात्रा ललितपुरको मछेन्द्रनारायण जात्रा, काठमाडौंको इन्द्र जात्रा र भक्तपुरको बिस्केट जात्राको बिषय फिल्ममा समेटिएको छ । ‘सगुन फिल्मस्’को ब्यानरमा निर्माण भएको फिल्मको कुल लागत सवा करोड बताइएको छ । राजेन्द्र त्रिपाठीले निर्माण गरेको यो फिल्म दिनेश पौडेलले निर्देशन गरेका हुन् ।
फिल्ममा सुनिल, सुजाता, दिवसको अलवा अभि जोशी, रक्षा गुरागाई ,पूर्णिमा लामा, बालकलाकार सुशील थापा, सुरभ पराजुली, पुजा भट्टराई, जोबिका गौतम लगायतको अभिनय रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?
-
‘फोर्स मर्जर’ को असर : १९४ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज !
-
इन्क्रिप्सन तोड्न बाध्य भए भारत छोड्छु : ह्वाट्सएप
-
धेरै अमेरिकी कम्पनीले ठुलो लगानी लिएर नेपाल आउन चाहेका छन् : अतुल
-
महानगरपालिकाको कार्यालय समय अब बिहान ९ बजेदेखि
-
मन्त्री तामाङलाई किरातीले बुझाए ‘३ ढोकाको ९ चाबी’