शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘गरुड पुराण’ सेन्सर पास

बुधबार, ०२ माघ २०७५, १४ : ३५
बुधबार, ०२ माघ २०७५

काठमाडौं– फिल्म ‘गरुढ पुराण’ सेन्सर पास भएको छ । चलचित्र सेन्सर बोर्डले फिल्मलाई बालबालिकाले आफ्ना अभिभावकको साथमा हेर्न मिल्ने गरि ‘प्यारेन्टल गाईडेड’ (पिजी) सर्टिफिकेट दिँदै पास गरेको हो । फिल्म सुवास कोइराले निर्देशन गरेका हुन् । 

फिल्मलाई सेन्सर बोर्डका पदाधिकारीले मन पराएको निर्देशक सुवासले बताए । उनका अनुसार फिल्ममा ब्यान्ड बाजा बजाउने एउटा समुह र उनीहरुको परिवारले गरेको संघर्षको रमाईलो कथा उठाइएको छ । फिल्मले दर्शकलाई पूर्ण मनोरञ्जन दिने कोइरालाको दाबी रहेको छ ।

नाजिर हुसेन, कर्मा, लुनिभा तुलाधर, प्रविण खतिवडा, कमल दोवकोटा, सरोज श्रेष्ठ, प्रकाश घिमिरे, रश्मी भट्ट लगायतको कलाकारको मुख्य भूमिका रहेको फिल्ममा प्रियंका सिंहले नवोदित नायिकाको रुपमा डेब्यु गरेकी छिन् ।  

अजित प्रजापति र अशोक गौतमले निर्माण गरेको यो फिल्मका कथा कसम नेपालको, पटकथा विनोद खतिवडा, अकाश बराल र सुवासको हो । यसको सम्वाद आकाशले लेखेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप