शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तराज र कुमार बस्नेतलाई लाईफटाईम एचिभमेन्ट सम्मान

बुधबार, ०२ माघ २०७५, १४ : ३०
बुधबार, ०२ माघ २०७५

काठमाडौं–भजन शिरोमणि भक्तराज आचार्य र वरिष्ठ लोकगायक कुमार बस्नेतलाई ‘लाईफटाईम एचिभमेन्ट’ सम्मान प्रदान गरिने भएको छ । आगामी ४ गते राजधानीमा आयोजना हुने ‘एपिक नेपाल म्युजिक अवार्ड २०७५’ यी दुबैलाई यो सम्मान प्रदान गर्न लागिएको हो । 

ठमेलस्थित छाँया सेन्टरमा आयोजना हुने कार्यक्रममा कुल ६६ विधामा अवार्डमा बाँडिनेछ । 

कार्यक्रममा ‘एपिक नेपाल कला पत्रकारिता पुरस्कार’ बाट चन्द्रमणि गौतम, अनन्त वाग्ले, लक्ष्मण सुवेदी, कृष्ण भट्टाराई, विकास लामिछाने, विजयरत्न तुलाधर, किरण अधिकारी, विनोद विक, रमेश बस्नेत, गीता अधिकारी लगायतयत पनि सम्मानित हुँदैछन् । अवार्ड एपिक नेपाल नामक संस्थाले आयोजना गर्न लागेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप