शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लगानी सम्मेलनबारे साझेदार संस्थाहरुसँग सामुहिक छलफल

बुधबार, ०२ माघ २०७५, १३ : ४७
बुधबार, ०२ माघ २०७५

काठमाडौं– सरकारले ‘नेपाल लगानी सम्मेलन’बारे कूटनीतिक नियोग तथा विकास साझेदार संस्थाहरुलाई औंपचारिक रुपमा जानकारी गराएको छ । 

अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार सिंहदरबारमा नेपालस्थित कूटनीतिक नियोग तथा विकास साझेदार संस्थाका प्रतिनिधिहरुलाई बोलाएर ‘नेपाल लगानी सम्मेलन’बारे औपचारिक जानकारी गराएका हुन् । 
आगामी चैत्र १५ र १६ गते वैदेशिक लगानी भित्र्याउने उद्देश्यका साथ सरकारले सो सम्मेलन आयोजना गर्दैछ । सोही सम्बन्धमा जानकारी दिन नेपालस्थित कूटनीतिक नियोग र विकास साझेदार संस्थाका प्रतिनिधिहरुसँग अर्थमन्त्री खतिवडाले छलफल गरेका हुन् ।

लगानी सम्मेलनलाई सफल बनाउन आवश्यक सुझाव लिन विकास साझेदार तथा कूटनीतिक नियोगका प्रतिनिधिहरुसँग सामूहिक छलफल गरिएको अर्थमन्त्री खतिवडाले जानकारी दिए ।

 छलफलका क्रममा उनले नेपालका विकास साझेदार संस्थाहरुले सो लगानी सम्मेलन सफल बनाउन सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि जनाए ।

 अर्थमन्त्री खतिवडाले सो अवसरमा नेपालका विकास साझेदार संस्थाहरुसँग नेपालले वैदेशिक लगानीलाई भित्रयाउन आवश्यक कानुनी, नीतिगत र संरचनागत तयारी गरेको पनि जानकारी गराए । 

नेपालमा वैदेशिक लगानी भित्रयाउन सरकारले दोस्रो पटक सो लगानी सम्मेलन आयोजना गर्न लागेको हो । सम्मेलनलाई सफल बनाउन सरकारले अर्थमन्त्री खतिवडाको संयोजकत्वमा मूल आयोजक समितिनै गठन गरेको छ । अर्थमन्त्री खतिवडाले सो सम्मेलन सफल बनाउन पनि सबैलाई सहयोग गर्न पनि पुनः आग्रह गरे ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप