शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अनशनरत डा. केसीले आइसियूको उपचार स्वीकारेनन्

बुधबार, ०२ माघ २०७५, १२ : २९
बुधबार, ०२ माघ २०७५

इलाम । एक सातादेखि अनशनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । पुष २५ देखि विभिन्न माग राख्दै इलाममा १६ औँ अनशन सुरु गरेका डाक्टर केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको उपचारत चिकित्सकहरुले बताएका छन् ।

एक स्थानीयको घरमा अनशन सुरु गरेका केसीको केही दिनमै स्वास्थ्यमा समस्या आएपछि उनलाई इलाम जिल्ला अस्पताल सारिएको थियो ।

उनको उपचारमा सङ्लग्न चिकित्सक बिरेन्द्र कुमार शाहले तत्काल आईसियू र सिसियूमा राखेर उपचार गर्न आवश्यक रहेको बताए । 

रातोपाटीसँग कुरा गर्दै शाहले भने, ‘डाक्टर केसीको स्वास्थ्य अवस्था निकै चिन्ताजनक भइसकेको छ । रोगसँग लड्ने क्षमता कम छ । उहाँको छातीमा संक्रमण भएको छ । मुटुको चाल अनियमित छ । चिसो मौसमले गर्दा डा.केसीको स्वास्थ्य अवस्था झनै बिग्रन सक्नेछ ।’

डा. केसीलाई मङ्गलबारबाट एन्टिबायोटीक चलाइए पनि बिहीबार बिहानको स्वास्थ्य रिर्पाेटमा थप जटिलता नआएपनि रिक्सभन्दा बाहिर नभएको चिकित्सक शाहले बताए ।

उनले केसीलाई तत्काल आइसियूमा राखेर उपचार गर्नुपर्ने भएपनि इलाम अस्पतालमा त्यो सेवा नभएको भन्दै आइसियू भएको अस्पतालमा पठाउने विषयमा कुरा गर्दा डाक्टर केसी जान नमानेको बताए । 

‘मुटुको चाल अनियमति भएको बिरामीमा जतिबेला पनि जटिल समस्या आउँने हुँदा तत्काल आईसियुमा राख्नु पर्ने हुन्छ’ उनको भनाई छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप