प्रहरीले कुटाइबाट पिसाब नली फुटेपछि आईसीयूमा
बुधबार, ०२ माघ २०७५, ०७ : ०९
बागलुङ – प्रहरी जवान प्रेम विष्ट र बुद्ध थापाको कुटाइबाट गलकोट नगरपालिका ६ हरिचौरका ४० वर्षे सोमबहादुर बस्नेत गम्भीर घाइते भएका छन् ।
घाइते बस्नेतलाई स्थानीय निजी अस्पतालमा सामान्य उपचारपछि पोखरा लगिएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।
पोखराको फेवासिटी अस्पतालको आईसीयूमा उनको उपचार भइरहेको बस्नेतको श्रीमती कृष्णकुमारीले जानकारी दिइन् ।
बस्नेतको पिसाब नली फुटेको छ । कुटपिटपछि शरीरमा रगत धेरै जमेकाले त्यो निकालेर उनको अपरेसन गरिएको अस्पतालले जनाएको छ ।
स्थानीय बासिन्दाले प्रहरीले सामान्य विषयमा निर्घात कुटपिट गरेको भन्दै घटनामा संलग्न प्रहरीलाई तत्काल कारबाही गर्न माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केजरीवाललाई जेलमा पहिलो पटक इन्सुलिन दिइयो
-
डीडी न्यूजको लोगो परिवर्तन भएपछि...
-
बागलुङमा ३८ वनमा आगलागी: १५ वनको आगो नियन्त्रण बाहिर
-
औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी
-
निजी क्षेत्रलाई विश्वासमा लिएर नेपालमा लगानीमैत्री वातावरण छ भन्ने सन्देश प्रवाह गर्नुपर्छ : प्रधानमन्त्री
-
सहिद पत्नीको व्यथा : सहिद परिवारको परिचयपत्रकै खिल्ली उडाइन्छ