शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकी शहरमा फक्सवागेनको बिस्तार हुने

मङ्गलबार, ०१ माघ २०७५, २० : २४
मङ्गलबार, ०१ माघ २०७५

डेट्रोएट । जर्मन कार कम्पनीले अमेरिकी शहरहरू चटनुगा र टेनिसीमा आफ्नो विद्युतीय गाडी उत्पादन प्लान्टलाई बिस्तार गर्ने जनाएको छ । 

फक्सवागेनले उक्त क्षेत्रमा करिब ८० करोड अमेरिकी डलरको लगानीमा बिस्तार गर्ने प्लान्टबाट थप एक हजार जनालाई रोजगारी दिइने कम्पनीद्वारा सोमबार गरिएको प्रदर्शनीका क्रममा जानकारी गरिएको छ । 

जर्मन गाडी कम्पनीले अमेरिकामा विद्युतीय गाडीको उत्पादन बढाउने घोषणालाई अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले प्रसंशा गरेका छन् । 

ट्रम्पले मङ्गलबार गरेको ट्वीटमा भनेका छन्, ‘चटनुगा तथा टेनिसीलाई नयाँ रोजगारीको अवसर पाएकोमा बधाइ । यो हाम्रो सफलता हो । रोजगारीको अबसर ल्याएकोमा कम्पनीलाई धन्यवाद ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप