शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

खप्तड गोल्ड कप : सङ्कटा क्लब सेमिफाइनलमा प्रवेश

मङ्गलबार, ०१ माघ २०७५, २० : ११
मङ्गलबार, ०१ माघ २०७५

धनगढी । क्यामरुनको दाउफिन्स एफसी फुटबल क्लबलाई शुन्यका विरुद्ध एक गोलले पराजित गर्दै सिएमजी क्लब सङ्कटा सेमिफाइनलमा प्रवेश गरेको छ । 

धनगढी रङ्गशालामा आयोजित तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्ड कपको आज भएको खेलको दोस्रो मिनेटमा नै लक्ष्मण रुचालले दिएको पासमा एलोन म्याक्सवेलले गोल गर्दै सङ्कटालाई अग्रता दिलाए । 

खेलको १२औँ मिनेटमा लक्ष्मण रुचालले गरेको प्रहारलाई विपक्षी दाउफिन्सका गोलरक्षक गुर्लाउन्सले रोकेका थिए । 

पहिलो हाफको इञ्जुरी समयमा दाउफिन्सका कप्तानले पेनाल्टी क्षेत्र बाहिरवाट गरेको प्रहार असफल रह्यो । दोस्रो हाफमा दाउफिन्सले खेल बराबरी गर्ने सुनौलो मौका पाए पनि गोल गर्नबाट चुकेको थियो । 

खेलमा उत्कृष्ट प्रदर्शन गरेका सङ्कटाका कप्तान रवि सिलवाल ‘म्यान अफ दी म्याच’ बन्दै रु १० हजार पुरस्कर प्राप्त गरे । 

सङ्कटा र नेपाल पुलिस क्लबबीच अब बिहीबार सेमिफाइनल प्रतिस्पर्धा हुने जनाइएको छ । पराजित टोलीका प्रशिक्षक आशिक थापामगरले लामो यात्रा तय गर्नु परेको कारण टोलीले अपेक्षित प्रदर्शन गर्न नसकेको प्रतिक्रिया दिए । 

सङ्कटाका प्रशिक्षक सल्यान खड्गीले खेलाडीले आफ्नो रणनीतिअनुसार खेलेकाले सफलता मिलेको बताए । रुस्लान थ्री स्टार क्लब र मेची नेत्रालय काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरबीच बुधबार सेमिफाइनल प्रतिस्पर्धा हुन लागेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप