शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

संस्कृतिलाई आर्थिक समृद्धितर्फ रुपान्तरण गर्नुपर्छः मन्त्री बाँस्कोटा

मङ्गलबार, ०१ माघ २०७५, १९ : ५९
मङ्गलबार, ०१ माघ २०७५

काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विभिन्न जातजातिका संस्कृतिलाई आर्थिक समृद्धितर्फ रुपान्तरण गर्नुपर्ने बताएका छन् । 

हल्लेउ सङ्क्रान्तिका अवसरमा नेपाल डोने विकास केन्द्रीय समाजद्वारा आज पाँचखालमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, ‘विभिन्न जातजातिका संस्कृतिलाई पर्यटनसँग जोडेर मुलुकको आर्थिक समृद्धितर्फ लानुपर्छ ।’ 

मन्त्री बाँस्कोटाले भने, ‘पर्यटकीय क्षेत्रमा विभिन्न जातजातिका संस्कृति प्रदर्शन गरी आफ्नो पहिचान दिएर मुलुकको आर्थिक समृद्धितर्फ लाग्नुपर्छ ।’ 

‘विभिन्न जातजाति र समुदायको साझा फुलवारीको रुपमा रहेको नेपालमा सबै जातजाति र समुदायबीचमा पारस्परिक सद्भाव र प्रगाढ सम्बन्ध बनाउनुपर्छ’, उनले भन्नुने, ‘नेपालभित्रका संस्कृति देश÷विदेशमा फल्दाफूल्दा आफ्नो पहिचान स्थापित गर्ने हो, यसका लागि कानूनी लडाइ लड्नुपरे पनि सरकार तयार छ ।’ 

मन्त्री बाँस्कोटाले नेपालीको सांस्कृतिक पहिचान नै ‘बहुमूल्य धन’ भएको उल्लेख गर्दै ‘डोने (दनुवार) जाति सोझो मात्रै बन्नुहुन्नँ, तपाईहरु अब सोझो मात्रै नबन्नुस्, तपाईहरुको काम अर्काको भकारी मात्र भर्ने होइन, अब आफ्नो भकारी भरिभराउ पार्नेतर्फ लाग्नुस् भन्नुने ।’ 

सबै जातजातिलाई संस्कृति, भाषा, सभा÷सङ्गठन गर्ने तथा न्याय पाउने समान अधिकार भएकाले राज्य कसैप्रति नकारात्मक नबन्ने बताउँदै उनले राज्य कुनै जातिप्रति नकारात्मक हुन्नँ र हुनेछैन पनि भने । 

आफ्नो सक्कली संस्कृति तथा लिपी खोजी गर्न डाने समाजलाई उनले आग्रह पनि गरे । 

प्रदेश नं ३ का प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले डोने जातिलाई राज्यले हरेक समृद्धिको यात्रामा अगुवा बनाउनेमा कुनै कञ्जुस्याइँ नगर्ने बताए । 

डोने समाजका केन्द्रीय अध्यक्ष राजनकुमार डोनेले नेपालमा हाल तीन लाखको हाराहारीमा डोने (दनुवार) जाति रहेको जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप