राष्ट्र निर्माणमा सबै एकजुट भएर लाग्नुपर्छ : मुख्यमन्त्री राई
इलाम । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले देश ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियान लिएर अघि बढेकाले सबैले साथ दिनुपर्ने बताएका छन् ।
माघे सङ्क्रान्तिका अवसरमा देउमाई नगरपालिका र माङ्सेबुङ गाउँपालिकाको सङ्गमस्थल राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको तपस्वी भूमिमा आयोजित कार्यक्रममा उनले राष्ट्र निर्माणका लागि एकजुट भएर लाग्न सबैमा आग्रह गरे ।
उनले फाल्गुनन्दको तपस्वी भूमिलाई प्रदेश सरकारले पर्यटकीय, धार्मिक र सांस्कृतिक रुपमा विकास गर्न प्रदेश सरकार लागिपरेको जानकारी दिए । उनले प्रदेश सरकारले आउँदा वर्षदेखि बजेट छुट्याएर पर्यटन प्रवद्र्धन गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले राष्ट्रिय विभूति फाल्गुनन्द प्रदेशको गहना रहेको उल्लेख गरे । उनले उक्त भूमिलाई आउँदो वर्षदेखि गुरुयोजना निर्माण गरेर प्राथमिकतामा राखिने बताए ।
राष्ट्रिय विभूति फाल्गुनन्दको ज्ञान क्षेत्र खत्रप्पामा बर्षेनी माघे सङ्क्रान्तिका अवसरमा मेला लाग्ने गर्दछ । धार्मिक क्षेत्र उक्त भूमिमा माघे सङ्क्रान्तिमा स्नान गर्ने र पूजापाठ गर्ने परम्परा रहिआएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्पताल परिसरमा इजरायली कारबाही, एक हप्तामा २ सय व्यक्तिको मृत्यु
-
एक वर्षमा ५ हजार १५० वटा गम्भीर प्रकृतिका अपराध
-
एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार २१ परीक्षार्थी अनुपस्थित
-
राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् पदबाट राजीनामा
-
काठमाडौँको छाउनीमा सर्जन डा.प्रतिभा धौभडेल मृत फेला
-
शिक्षा मन्त्रीले सोधिन् मन्त्रालयका २० जना कर्मचारीलाई स्पष्टीकरण