टुँडिखेलमा मगर सुन्दरीहरु, यसरी मनाए मकर संक्रान्ति (फोटोफिचर)
मङ्गलबार, ०१ माघ २०७५, १८ : ४९
काठमाडौंँ । काठमाडौँमा बसोबास गर्ने मगर समुदायले हर्षोल्लासका साथ मकर संक्रान्ति मनाएका छन् । मगर समुदायले मङ्गलबार काठमाडौंको टुँडिखेलमा विभिन्न कार्यक्रम गरी मकर संक्रान्ति मनाएका हुन् ।
मकर संक्रान्ति मनाउन मगर समुदायका युवायुवती आफ्नो जातीय भेषभुषामा सजिएर मङ्गलबार अपरान्ह र्यालीसहित टुँडिखेल पुगेका थिए । बुलाकी, झुम्का र शिरमा शिरबिन्दी लगाएर अनि गन्यू र चोलोमा सजिएका युवतीहरु टुँडिखेलमा देखिन्थे ।
विशेषगरी मगर र थारु समुदायले मनाउने माघी पर्वलाई मध्यनजर गर्दै सरकारले २०६४ सालमा माघीलाई राष्ट्रिय पर्व घोषणा गरेको थियो ।