बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

‘बुलबुल’को ट्रेलर : स्वस्तिमाको हुलिया दुरुस्तै आम टेम्पो चालिका

मङ्गलबार, ०१ माघ २०७५, १८ : २४
मङ्गलबार, ०१ माघ २०७५

काठमाडौं – फिल्म ‘बुलबुल’को ट्रेलर सार्वजनिक गरिएको छ । अभिनेत्री स्वस्तिमा खड्काले पहिलोपटक ट्याम्पु ड्राइभरको भूमिका निर्वाह गरेको यो फिल्मको ट्रेलर माघे संङ्क्रान्तिको अवसर पारेर सार्वजनिक गरिएको हो । 

ट्रेलरले फिल्मको कथा बुझाउने प्रयास गरिएको छ । अभिनेत्री खड्काको ट्रेलरमा रुप र हुलिया दुरुस्तै आम टेम्पो चालिका युवती जस्तै देखिएकी छन् । खड्काको अलवा नव–अभिनेता मुकुन भुसाल र लक्ष्मी बर्देवाले पनि ट्रेलरमा पर्याप्त स्थान पाएका छन् ।

अविरल थापाको निर्माण र स्वस्तिमा, मुकुनको अलवा बुद्धि तामाङ, उज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे, एलिना कार्की लगायत कलाकारको अभिनय देख्न सकिन्छ ।  विनोद पौडेलको लेखन निर्देशन रहेको फिल्ममा पुरुषोत्तम पाण्डे, अविरल थापा, भिम थापा र राजु पौडल निर्माता हुन् । 

रामराजा दाहाल फिल्मका कार्यकारी निर्माता हुन् । फिल्म भ्यालेन्टाइनको अवसर पारेर फागुन ३ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप