जिपको ठक्करबाट ७ वर्षीय बालकको मृत्यु

बुटवल– दाङको लमहीमा जिपको ठक्करबाट एक बालकको मृत्यु भएको छ । लमही नगरपालिका–५ रातोडाँडामा जिपको ठक्करबाट बाजुराको फैती गाउँपालिका–३ हाल लमही बस्ने ७ वर्षीय हेमन्त मल्लको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ च ८०४१ नम्बरको जिपले ठक्कर दिँदा गम्भीर घाइते भएका मल्लको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक अरुणकुमार सिंहले जानकारी दिए । मृतक मल्ल सशस्त्र प्रहरीका हवल्दार धर्मजित मल्लका छोरा हुन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ