शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित

मङ्गलबार, ०१ माघ २०७५, १६ : ४९
मङ्गलबार, ०१ माघ २०७५

दाङ– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीहरु आन्दोलित भएका छन् । आफ्नो पेशागत सुरक्षाका साथै अस्पताल सुधारको माग राख्दै उनीहरु आन्दोलित भएका हुन् ।  

कर्मचारी संघर्ष समितिले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै  आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गरेको छ । सार्वजनिक कार्यक्रम अनुसार माघ २ गते प्रतिष्ठानमा तालाबन्दी गर्ने र ३ गते (इमर्जेन्सी, प्रसुतिबाहेक)का सम्पूर्ण सेवा बन्द गर्ने जनाइएको छ । त्यस्तै, आफ्ना माग पुरा नभए माघ ४ गतेदेखि देशव्यापी आन्दोलन गर्ने संघर्ष समितिले जनाएको छ ।

राप्ती उपक्षेत्रीय अस्पतालको स्वामित्व प्रतिष्ठानमा हस्तान्तरण भएपछि प्रतिष्ठानका पदाधिकारी व्यक्तिगत स्वार्थमा लागेर तानाशाही प्रवृत्ति देखाएको भन्दै ७ दर्जन बढी स्वास्थ्यकर्मी, कर्मचारीहरु आन्दोलित हुँदै आएका छन् । आन्दोलित कर्मचारीहरुले कर्मचारीहरुको समायोजन हुनुपर्र्ने, तलव खुवाउनुपर्ने, सुविधा कटौती गर्न नहुनेलगायतका ८ बुँदे माग राख्दै आएका छन् ।

प्रतिष्ठानले साविक राप्ती उपक्षेत्रीय अस्पताल विकास समिति र नेपाल सरकारमा श्रेणीविहिन कर्मचारीहरुको म्याद थप नगरेको र चिकित्सकको समेत म्याद थपका लागि आवश्यक सिफारिस नगरेपछि आन्दोलन थालेको संघर्ष समितिका अध्यक्ष हिमलाल गौतमले जानकारी दिए ।

प्रतिष्ठानले तत्काल म्याद थप गरेर समायोजन गर्नुको साटो साविक अस्पताल विकास समिति र सरकारका करार कर्मचारीलाई निश्कासन गर्न पत्र तयार पारेको भन्दै अध्यक्ष गौतमले बाध्य भएर आफूहरु आन्दोलित भएको बताए । 

राप्ती उपक्षेत्रीय अस्पतालको अरबांैको सम्पति तथा जिन्सी प्रतिष्ठानमा अटाएको अवस्थामा सोही अस्पतालमा वर्षौंदेखि कार्यरत कर्मचारी निकालिनु दूर्भाग्य भएको अध्यक्ष गौतमले बताए । उनका अनुसार अस्पतालका कर्मचारीहरुले गत साउनदेखि तलब पाएका छैनन् । विगतमा अस्पताल सञ्चालन गर्न ल्याइएको औषधी, सर्जिल सामान, ल्याव र एक्सरेको सामान, कार्यालय सामानको पैसा समेत व्यापारीलाई भुक्तानी नगरेको अध्यक्ष गौतमले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप