शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

किमलाई ट्रम्पले पठाए चिठ्ठी

मङ्गलबार, ०१ माघ २०७५, १२ : २१
मङ्गलबार, ०१ माघ २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई गत हप्ता पत्र पठाएका छन् ।

वासिङटन र प्योङयाङबीच भइरहेको परमाणु निःशस्त्रीकरण वार्तामा संलग्न स्रोतको हवाला दिँदै सिएनएनले जनाएको छ ।

ट्रम्प र किमको दोस्रो भेटको तयारीबारे छलफल भइरहँदा ट्रम्पको यो पत्र प्योङयाङ पुगेको हो । 

स्रोतका अनुसार अमेरिकी उच्च प्योङयाङसम्म पुगेर हातैले पत्र किमसम्म पुर्याएका थिए ।

दुई देशबीचको छलफलमा सक्रिय रहेका उत्तर कोरियाको जासुसी विभागका पूर्व प्रमुख किम योङ चोलले दुई शीर्ष नेताबीचको भेटको तालिका तय गर्न यही हप्ता वासिङटन पुग्ने पनि बताइएको छ ।

अमेरिकी अधिकारीहरुले दुई नेताबीचको दोस्रो भेटको लागि ठाउँ चयन गर्न बैंकक, हानोई र हवाई पुगेको समाचार यसअघि नै आइसकेको छ ।

गत हप्ता दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनले अगामी भेटको लागि अग्रिम बधाई दिँदै यस भेटले कोरियाली प्रायद्वीपमा स्थायी शान्ति स्थापना गर्न मद्दत गर्ने बताएका थिए ।

लामो समय बाहिरी विश्वसँग ‘सम्बन्धविच्छेद’ को अवस्थामा रहेका किमले सन् २०१८ मा विभिन्न उच्च स्तरीय भेटवार्ता गरेका थिए ।

उनले ट्रम्प र मुनसहित चिनियाँ राष्ट्रपति सि जिनपिङसँग भेट गरेका थिए । 

सन् २०१९ पनि किमका लागि निकै व्यस्त रहने संकेत देखिएको छ ।

गत हप्ता मात्र आकस्मिक रुपमा बेइजिङ पुगेका किमले सिसँग भेट गरेका थिए ।

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप