शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तस्बिरमा हेर्नुहोस् रूरू क्षेत्रको माघेसक्रान्ति मेला

मङ्गलबार, ०१ माघ २०७५, १२ : १७
मङ्गलबार, ०१ माघ २०७५

गुल्मी– हिन्दुहरुको चार धाममध्ये एक मानिने चर्चित रूरू क्षेत्र रिडीमा  आजदेखि माघेसंक्रान्ति मेला सुरू भएको छ ।

पाल्पा, स्याङ्जा र गुल्मीको संगमस्थल यहाँ मेला भर्न अघिल्लो दिनदेखि नै श्रद्धालु र व्यापारी यहाँ आउने गर्छन् ।

कालीगण्डकीको तट रिडी रूरूमा बिहानै देखि नुहाउनेको भिड लाग्ने गर्छ ।  भक्तजनहरू लामो लाइन लागेर पाल्पाको अर्गली क्षेत्रमा रहेको ऋषिकेशव मन्दिरको दर्शन गर्ने गर्छन् । 

मेलामा साधुसन्तको पनि भीड लागिसकेको छ । जेठी, माहिली र कान्छी संक्रान्तिको नामले यहाँको मेला चर्चित छ । मेला गर्न देशका विभिन्न भाग तथा स्थानीय बासिन्दा आउने गर्छन् । 

रूरू क्षेत्रको धार्मिक तथा साँस्कृतिक महत्व भएकोले मेला भर्न देशका विभिन्न भागबाट आउने गर्छन् ।

 पाल्पा क्षेत्रमा रहेको प्रसिद्ध ऋषिकेशव मन्दिरमा मेलामा आउने दर्शनार्थीहरूको घुँईचो लाग्ने गर्छ । सोह्रौ शताव्दीका राजा मणिमुकुन्द सेनले कालीगण्डकीमा स्नान गर्दा भगवान ऋषिकेशवको मुर्ति फेला परेको र सोही मुर्तिलाई प्रतिस्थापन गरको भन्ने किवंदन्ती रहिआएको छ ।
 कालीगण्डकी नदीमा स्थान गरेर ऋषिकेशवको मुर्ति दर्शन गरेमा मनले चिताएको पुग्ने जनविस्वास छ ।

तस्बिर : रिया क्षत्री

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप