शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

५ नम्बर प्रदेशमा माघीको भव्य रौनक, २ दिन सार्वजनिक विदा

मङ्गलबार, ०१ माघ २०७५, १२ : ०३
मङ्गलबार, ०१ माघ २०७५

वुटवल– पाँच नम्बर प्रदेशका विभिन्न जिल्लामा धुमधामका साथ माघी मनाउन शुरु   भएको छ ।

 रुपन्देही , कपिलबस्तु, दाङ ,बाँके  लगायत राईका जिल्लामा थारु समुदायले माघी पर्व मनाइरहेका छन् । 

यो अवसरमा पाँच नम्बर प्रदेश सरकारले २ दिन सार्वजनिक विदा दिएको छ । 

यसैबीच हिन्दुहरुको चार धाममध्ये एक मानिने  एक रूरू क्षेत्र रिडीमा  पनिआजदेखि माघेसंक्रान्ति मेला सुरू भएको छ ।

पाल्पा, स्याङ्गजा र गुल्मीको संगमस्थल यहाँ मेला भर्न अघिल्लो दिनदेखि नै श्रद्धालु र व्यापारी यहाँ आउने गर्छन् । माघे संक्रान्तिको दिन भने बिहानैदेखि घुँईचो लाग्छ । कालीगण्डकीको तट रिडी रूरूमा बिहानै देखि नुहाउनेको भिड लाग्ने गर्छ ।  भक्तजनहरू लामो लाइन लागेर पाल्पाको अर्गली क्षेत्रमा रहेको ऋषिकेशव मन्दिरको दर्शन गर्ने गर्छन् । 

मेलामा साधुसन्तको पनि भिड लागिसकेको छ । जेठी, माहिली र कान्छी संक्रान्तिको नामले यहाँको मेला चर्चित छ । मेला गर्न देशका विभिन्न भाग तथा स्थानीय बासिन्दा आउने गर्छन् । 
रूरू क्षेत्रको धार्मिक तथा साँस्कृतिक महत्व भएकोले मेला भर्न देशका विभिन्न भागबाट आउने गर्छन् ।

 पाल्पा क्षेत्रमा रहेको प्रसिद्ध ऋषिकेशव मन्दिरमा मेलामा आउने दर्शनार्थीहरूको घुँईचो लाग्ने गर्छ । सोह्रौ शताव्दीका राजा मणिमुकुन्द सेनले कालीगण्डकीमा स्नान गर्दा भगवान ऋषिकेशवको मुर्ति फेला परेको र सोही मुर्तिलाई प्रतिष्थापन गरको भन्न किवंदन्ती रहिआएको छ ।

 कालीगण्डकी नदीमा स्थान गरेर ऋषिकेशवको मुर्ति दर्शन गरेमा मनले चिताएको पुग्ने धारणा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप