शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बलात्कार संकटका कारण किन तनावमा छ दक्षिण अफ्रिका ?

मङ्गलबार, ०१ माघ २०७५, १० : ३३
मङ्गलबार, ०१ माघ २०७५

बीबीसी

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले देशमा बढिरहेको बलात्कारको घटनालाई राष्ट्रिय संकट बताउँदै पुरुषहरुलाई यसविरुद्ध एकजुट हुन अपिल गरेका छन् ।

रामाफोसाले भने, ‘महिलामाथि बलात्कार र हत्याका घटना लगातार भइरहको छ । यस्तो प्रकारको लैंगिक हिंसालाई समाप्त गर्नुपर्ने बेला आएको छ । ’

आगामी चुनावका लागि आफ्नो पार्टी अफ्रिकन नेशनल कांग्रेसको घोषणापत्र जारी गर्दै राष्ट्रपति रामाफोसाले यस्तो अपिल गरेका हुन् ।

दक्षिण अफ्रिकामा हरेक वर्ष चालिस हजारभन्दा बढी बलात्कारका मुद्दा दर्ता गरिन्छन् । यद्यपी, दक्षिण अफ्रिकामा हुने बलात्कारका घटनाको यो पूरा आँकडा भने होइन ।

महिला अधिकार कार्यकर्ताका अनुसार यो संख्या वास्तविक स्थितीको तुलनामा निकै कम हो र यसले देशमा बलात्कारको संकटको वास्तविक प्रतिनिधित्व गर्दैन ।

राष्ट्रपति रामाफोसा डबरनमा हज्जारौं समर्थकले भरिएको स्टेडियममा भाषणा दिइरहेका थिए । उनले आफ्ना समर्थकसँग महिला अधिकारको समर्थनमा खडा हुन र देशमा बलात्कारको घटनालाई निन्दा गर्न अपिल गरे ।

उनले भने, ‘हामीले समाजमा महिलाको स्थिती सुधार्ने दिशामा ठूलो प्रगती गरेका छौं । यति हुँदा हुँदै पनि लिंग आधारित हिंसा राष्ट्रिय संकट बनेको छ जसलाई समाप्त गर्न हामी प्रतिबद्ध छौं । दक्षिण अफ्रिकाका सबै महिला र छोरी शान्त, सुरक्षा र सम्मानका साथ बाँच्न सकून् भन्ने हाम्रो इच्छा छ ।’

उनले उद्देश्य हाँसिल गर्नका लागि उठाइने कदमबारे पनि जानकारी दिए । उनका अनुसार महिलाविरुद्ध हिंसा गर्नेहरुलाई सुरुमा कडा सजाय दिइनेछ र यस्तो घटनाको अनुसन्धानका लागि पुलिसलाई उत्कृष्ट तरिकाले अपराधी समात्ने प्रशिक्षण दिइनेछ ।

उनले भने, ‘वाल्यवस्थादेखि नै महिलाको सम्मान गर्न सिक्नुपर्छ र महिला र पुरुष बराबर हुन् भनेर बुझ्नुपर्छ बुझाउनुपर्छ । ’

दक्षिण अफ्रिकामा बलात्कार र हत्याको घटनाका कारण पुलिसको अवस्था पनि निन्दनीय छ ।

सन् २०१७–१८ मा दक्षिण अफ्रिकामा पुलिसले बलात्कारको चालिस हजार ३५ मामला दर्ता गरेका थिए । अर्थात्, दैनिक एक सय १० घटना । यो पछिल्ला वर्षको तुलनामा धेरै नै थियो ।

यतिमात्र होइन, दक्षिण अफ्रिाकामा हरेक पाँचमध्ये एक महिलाले आफूमाथि कुनै न कुनै बेलामा उनका साथीले हमला गरे ।

महिलाको हत्याको मामलामा पनि दक्षिण अफ्रिका वैश्विक औसतभन्दा पाँच गुणा अगाडि छ ।

सन् १९९९ मा दक्षिण अफ्रिकामा एक इन्स्योरेन्स कम्पनीले ‘बलात्कार पीडित नीति’ नै सुरु गरेको थियो ।

एक अनुमानका अनुसार दक्षिण अफ्रिकामा हरेक तीनमध्ये एक महिलामाथि कुनै न कुनै बेला बलात्कारको खतरा बनिरहन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप