बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

भूकम्पपछि बनेका घरलाई मापदण्ड पूरा भएको मानी अनुदान दिने निर्णय

मङ्गलबार, ०१ माघ २०७५, १० : १७
मङ्गलबार, ०१ माघ २०७५

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछि बनेका भूकम्पपीडितका घरलाई मापदण्ड पूरा भएको मानी अनुदान उपलब्ध गराइने बताएका छन् । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण परामर्श परिषद्को चौथो बैठकलाई सोमबार बालुवाटारमा सम्बोधन गर्दै उनले आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले पनि भूकम्पलगत्तै प्राविधिक गाउँमा जानुअघि बनिसकेका घरलाई अनुदान दिने निर्णय गरेको उल्लेख गरे । 
बैठकमा प्रधानमन्त्री ओलीले प्राविधिक कारणले समयमा इन्जिनियरिङ्ग जाँच हुन नसकेका घरहरुले समेत अनुदान पाउने बताए । 
भूकम्प गएको झण्डै ३ वर्ष बित्दा पनि पुननिर्माणले पूर्णता नपाएको भन्दै प्रधानमन्त्री ओलीले असन्तुष्टि ब्यक्त गरे । 
कामलाई चुस्त बनाउनका लागि पुननिर्माणको काम स्थानीय प्राविधिकबाट गराउन प्रधानमन्त्री ओलीले निर्देशन दिए । 

बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले अहिले सम्म भएका कामहरुको प्रगति विवरण प्रस्तुत गरेका थिए । 
 प्राधिकरणले हालसम्म तीन लाख ४७ हजार ८१७ घर पुनर्निर्माण भएको विवरण प्रस्तुत गरेको छ । भूकम्पले आठ लाख ११ हजार १५४ घरमा क्षति पुगेको छ । सात लाख ४९ हजार १५५ घरधनीसँग पुनर्निर्माणका लागि अनुदान सम्झौता भएको पनि प्राधिकरणले जनाएको छ । सात लाख ४१ हजार ७९९ लाभग्राही पहिलो किस्ताबापत रु ५० हजार बुझेका छन् । पाँच लाख ७८ हजार ८४७ घर पुनर्निर्माण शुरु भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप