शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोपा इटालिया फुटबलः रोमा क्वार्टरफाइनलमा

मङ्गलबार, ०१ माघ २०७५, ०८ : ३४
मङ्गलबार, ०१ माघ २०७५

एजेन्सी – इटालियन सिरिए क्लब एस रोमा कोपा इटालिया फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा रोमाले भर्टुस इन्टेलालाई ४–० गोलले हरायो । 

घरेलु मैदानमा रोमालाई जिताउन प्याट्रिक स्कीचले खेल सुरु भएको पहिलो र ४७औं मिनेटमा दुई गोल गरे । इभान मार्कानोले ४५औं र जेभियर पास्टोरले ७४औं मिनेटमा गोल गरेका थिए । 

कोपा इटालिया अन्तर्गत अर्को खेलमा एटलान्टाले कागलियरीलाई २–० गोलले हराउँदै क्वार्टरफाइनलमा स्थान बनायो । एटलान्टाको जितमा डुभान जापाटाले ८८औं र मारियो पासालिकले अन्तिम मिनेटमा गोल गरेका थिए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप