बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

लिभरपुललाई पछ्याउँदै सिटी

मङ्गलबार, ०१ माघ २०७५, ०८ : ३१
मङ्गलबार, ०१ माघ २०७५

एजेन्सी – इङ्लिस प्रिमियर लिगको साविक विजेता म्यानचेस्टर सिटीले शीर्ष टोली लिभरपुललाई पछ्याउने क्रम जारी राखेको छ । लिग अन्तर्गत सोमबार राति भएको खेलमा सिटीले १० खेलाडीको वल्भ्सलाई ३–० गोलले हरायो । 

जितसँगै सिटीले शीर्ष टोली लिभरपुलसँगको अन्तर चार अंकले घटाएको छ । दोस्रो स्थानमा रहेको सिटीले २२ खेलबाट ५३ अंक बनाएको छ । लिभरपुलको ५७ अंक छ । तेस्रो स्थानमा रहेको टोट्टनहामको ४८ अंक छ । वल्भ्स २९ अंक सहित ११औं स्थानमा छ ।

वल्भ्सको घरेलु मैदानमा भएको एकपक्षीय खेलमा सिटीका लागि गाब्रीयल जेससले दुई र कोनोर कोडीले गोल गरे । सिटीले दुई गोल पेनाल्टीमा गरेको थियो । जेससले १०औं मिनेटमा खाता खोलेका थिए । उनले ३९औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । 

कोनोरले ७८औं मिनेटमा पेनाल्टीमा गोल गर्दै सिटीको जित सहज बनाए । यसअघि १९औं मिनेटमा वल्भ्स १० खेलाडीमा समेटिएपछि सिटी हावी देखिएको थियो । वल्भ्सका विली बोली रातो कार्ड पाउँदै बाहिरिएपछि घरेलु टोली निरिह बन्यो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप