भारतले दिँदैछ ६२ कर्मचारीलाई दिल्लीमा तालिम
काठमाडौं– भारत सरकारले अर्थ मन्त्रालयका ६२ जना कर्मचारीलाई तालिम दिन थालेको छ । भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम अन्तर्गत अर्थ मन्त्रालयका ६२ कर्मचारीहरुलाई विश्व परिपेक्ष्यमा आर्थिक व्यवस्थापनको विषयमा विशेष तालिम दिन लागेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।
अर्थ मन्त्रालयले भारत सरकारलाई नेपाल–भारत आर्थिक सहकार्य कार्यक्रम अन्तर्गत कर्मचारीलाई तालिम दिनुपर्ने माग गरेपछि सो तालिम दिएको बताइएको छ । अर्थ मन्त्रालयको आवश्यकता अनुरुप तयार पारिएको यो कार्यक्रम इन्स्टिच्युट अफ गभर्मेन्ट अकाउन्ट्स एण्ड फाईनान्समा भइरहेको छ ।
यस तालिमले विद्युतीय भुक्तानी प्रणाली, लेखाविधि तथा रकम व्यवस्थापन, सार्वजनिक ऋण प्रणाली, वैदेशिक ऋण÷अनुदान तथा प्रतिदानको लेखाविधि, पेन्सन भुक्तानी प्रणाली, आन्तरिक लेखापरीक्षण, आर्थिक जिम्मेवारी तथा बजेट व्यवस्थापन आदि विषयहरुमा क्षमता अभिवृद्धि गर्ने विश्वास लिएको छ । यो तालिम ३ व्याचमा सञ्चालन गरिनेछ । प्रथम व्याचका २० नेपाली कर्मचारीहरुहरुले तालिम लिइरहेका छन् ।
तालिम दिने संस्थान भारत सरकारको ‘भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम’ अन्तर्गत मित्र राष्ट्रहरुका कर्मचारीहरुलाई तालिम प्रदान गर्ने साझेदार संस्था हो । विश्वव्यापी कार्यक्रमका अतिरिक्त फाइनान्सले छिमेकी राष्ट्रहरु अफगानिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स तथा श्रीलंकाका कर्मचारीहरुलाई विशेष तालिम प्रदान गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी
-
नेपालले सातौँ विकेट गुमायो, दुई रन बनाउँदै आउट भए सोमपाल
-
अर्धशतक बनाउँदै आउट भए सन्दीप जोरा
-
नेपालले पाँचौँ विकेट गुमायो, दीपेन्द्र पाँच रन बनाउँदै आउट भए
-
पासवर्ड बाँडेर चलाउन रोकेपछि बढ्यो नेटफ्लिक्सको मुनाफा
-
तीन रनमै पेभेलियन फर्किए कुशल मल्ल