मोटरसाइकलसहित लागुऔषध कारोबारी पक्राउ
सिरहा– लागुऔषधसहित एक युवकलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यलय मिर्चैयाले सोमबार अपरान्ह मिर्चैया नपा ७ फूलबरियबाट स. ६ प. २०६९ नम्वरको मोटरसाइकलमा सवार स्थानीय विष्णु यादवलाई पक्राउ गरेको हे ।
यादवको शरीरमा चेकजाँच गर्दा उनको साथबाट भारीमात्रामा अवैध लागुऔषध फेला परेको छ । यादवको साथबाट डाईलेक्स डिसी ९४ बोतल, नाइट्रोजन टेयाब्लेट १३ पिस, रिड्ली ट्याब्लेट ३ पिस र नेपाली नगद १३ हजार तीन सय ६५ रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी बाधवराज खरेलले जानकारी दिए ।
पक्राउ परेका यादवलाई आजै सिराहा जिल्ला अदालत सिराहाबाट लागुऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जनाएको छ । त्यसैगरी, प्रहरीले भारतबाट नेपाल भित्र्याउँदै गरेको बोइलर कुखुराको चल्ला बरामद गरेको छ । भारतबाट नेपालतर्फ आइरहेका बेला सिरहा नगरपालिका १५ बुधौरामा बा.१७ च. नम्वरको म्याजिक पिकप गाडीसहित १ लाख ९८ हजार मूल्य बराबरको १ हजार ४ सय चल्ला बरामद गरेको प्रहरीले जनाएको छ ।
चल्लासहित म्याजिक पिकप चालक सिरहा १ का २३ वर्षीय सन्तोष यादव पक्राउ परेका छन् । उनलाई थप अनुसन्धानको लागि जिल्ला भन्सार कार्यलय माडरमा बुझाएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातामा प्रतितोला ३०० रुपैयाँले बढ्यो सुनको मूल्य
-
पाकिस्तानको क्षेप्यास्त्र कार्यक्रमका लागि सामग्री दिने चार कम्पनीमाथि अमेरिकाको कारबाही
-
विभिन्न जिल्लामा तीन जना मृत अवस्थामा फेला
-
युक्रेनलाई थप राहत प्याकेज दिँदै अमेरिका
-
पोखरीमा डुबेर बालिकाको मृत्यु
-
आईपीएलमा आज : दिल्ली र हैदराबादबिच सधैँ कडा टक्कर