थ्रीस्टार खप्तड गोल्डकपको सेमिफाइनलमा
काठमाडौं– ललितपुर डर्बीमा च्यासल क्लबलाई १–० गोलले हराउँदै थ्रीस्टार क्लब तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा सोमबार भएको प्रतिस्पर्धात्मक खेललमा थ्रीस्टारको जितमा रुपेश केसी नायक बने । रुपेशले खेल सकिन तीनमिनेट बाँकी छँदा निर्णायक गोल गरेका थिए ।
यसअघि सातौं मिनेटमा सुनिल बलको पासमा फोडे फोफानाको प्रहारलाई च्यासलका गोलरक्षक दिनेश थापामगरले पन्च गरे । १९ औं मिनेटमा च्यासलका हेमन्त थापामगरको फ्रिकिक क्रसबारमा लागेर फर्कंदा च्यासल अग्रता लिनबाट चुक्यो ।
२८ औं मिनेटमा सुनील बलले पेनाल्टी क्षेत्रबाहिर बाट गरेको प्रहार पोस्टको भित्रि भागमा लाग्दै फर्कियो । ३९ औं मिनेटमा थ्रीस्टारका अनन्त तामाङले करिब २५ यार्ड टाढाबाट गरेको प्रहार बाहिरिएको थियो । ५८ औं मिनेटमा च्यासलले अग्रता लिने सुवर्ण अवसर गुमायो । अर्मान्डको प्रहार थ्रीस्टारका अनन्तले रोकेका थिए । ८१ औं मिनेटमा रन्जन विष्टको उत्कृष्ट भली प्रहार क्रसबारमा लागेर फर्किएको थियो ।
खेलमा निर्णायक गोल गरेका थ्रीस्टारका रुपेश केसी म्यान अफ द म्याच बने । उनले १० हजार रुपैयाँ प्राप्त गरे । विजयी टोलीका प्रशिक्षक उज्वल मानन्धरले खेलाडीले निकै मिहिनेत गरेको कारण जित हासिल गरेको बताए । थ्रीस्टारले फाइनल प्रवेशका लागि बुधबार मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरसँग खेल्नेछ ।
प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १० लाख रुपैयाँ पाउनेछ । उत्कृष्टतर्फ प्रत्येक खेलाडीले १५ हजार रुपैयाँ पाउनेछन् । मंगलबार संकटा रक्यामरुनको दाफिनास एफसी भिड्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा