शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वाई वाई ग्लोकल टिन हिरो इंडिया लन्च

सोमबार, ३० पुस २०७५, १८ : ४७
सोमबार, ३० पुस २०७५

काठमाडौं– ग्लोकल प्राइभेट लिमिटेडद्वारा ग्लोकल टिन हिरो इंडियाको शुभारंभ गरेको छ । किशोर किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘वाई वाई ग्लोकल टिन हिरो’, ग्लोकलको एक प्रारम्भिक कार्यक्रम हो । 

मन्च मार्फत किशोर–किशोरीहरुमा भएको उत्साह, रचनात्मक र सुरुवातको चाहनाको पहिचान गरी राष्ट्रको अन्य किशोर–किशोरीहरुलाई उद्यमी सोचाइको विकास गर्न उत्प्रेरित गर्ने आयोजकको विश्वास छ ।

कार्यक्रममा भारतीय राजदूत मंजीव सिंह पुरी, सीजीका भाईस प्रेसिडेन्ट जीपी शाह लगायत पूर्व निर्णायक मण्डलका सदस्यहरु,  केआरसी फाउनडेसन र भारतीय राजदुताबासको प्रतिनिधिहरुको उपस्थिती थियो ।

ग्लोकल टिन हिरो इंडियाको आवेदन १५ जनवरी २०१९ मा खुल्नेछ र २ अप्रिल २०१९ मा बन्द हुनेछ । यसको मुख्य कार्यक्रम २० अप्रिल २०१९ मा भारतको गुहाटीमा हुनेछ । 

दक्षिण एशियाली किशोर किशोरीको पहिचान गर्ने पहिलो कार्यक्रम, दक्षिण एशियाली ग्लोकल टिन हिरो २०२० काठमाडौँमा आयोजना गर्ने उद्देश्यले ग्लोकल प्रत्यक दक्षिण एशियाली राष्ट्रहरुमा ग्लोकल टिन हिरो आयोजना गर्दै अघि बढिरहेको छ  र यसको शुरुवात भारतबाट भएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप