बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेपाल टी–२० स्म्यास क्रिकेटको  सेमिफाइनलमा

सोमबार, ३० पुस २०७५, १७ : ३४
सोमबार, ३० पुस २०७५

काठमाडौं । नेपाल थाइल्याण्डमा जारी थाइल्याण्ड महिला टी–२० स्म्यास क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । बैंककमा सोमबार भएको खेलमा नेपालले युएईलाई ६ विकेटले हरायो । 

लगातार तीन जितसँगै नेपालले सेमिफाइनलमा स्थान बनाएको हो । युएईले दिएको १०६ रनको लक्ष्य नेपालले १९ ओभरमा चार विकेटको क्षतिमा गुमाएर पुरा गरेको थियो । 

नेपालको जितमा सिता रानामगरले सर्वाधिक ३७ रन बनाईन् । काजल श्रेष्ठले २५ रन र इन्दु बर्माले १३ रन बनाईन् । कप्तान रुबिना क्षेत्रीले अविजित १० र नेरी थापाले ६ रन बनाए । बलिङमा युएईकी इशा ओजा, हुमाईरा तास्निम र चमानी सिनेभिरात्नेले एक एक विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०५ रन बनाएको थियो । युएईको लागि छाया मुगालले ३१, इशा ओजाले २८ र चमानी सिनेभिरात्ने अविजित २३ रन बनाए । बलिङमा नेपालकी सोनु खड्का, सिता रानामगर र करुणा भण्डारीले एक एक विकेट लिए । 

ल्गातार तीन जितसँगै नेपालले ६ अंक बनाएको छ । नेपालले अब नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार आयोजक थाइल्याण्डसँग खेल्नेछ । नेपालले पहिलो खेमला चीनलाई १० विकेट र दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप