शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

हिमालयन बैंकको २६औं साधारण सभा सम्पन्न, शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर पारित

सोमबार, ३० पुस २०७५, १७ : ३१
सोमबार, ३० पुस २०७५

काठमाडौं–हिमालयन बैंक लिमिटेडको २६औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।

सभाले शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर र १०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यो बोनस शेयरको वितरण पश्चात बैंकको चुक्ता पूँजी ८ अर्ब ५२ करोड २ लाख ५५ हजार ८४४ पुग्नेछ ।

सभामा संचालक समितिको तर्फबाट अध्यक्ष मनोजबहादुर श्रेष्ठले आर्थिक वर्ष २०७४/७५ को प्रतिवेदन प्रस्तुत गरेका थिए । सोही अवसरमा अध्यक्ष श्रेष्ठले ग्राहकवर्गले बैंक प्रति गरेको विश्वास तथा व्यवस्थापनको सृजनात्मक क्रियाशीलताबाट बैंकले निरन्तर प्रगति गरिरहेको र आगामी माघ ५ गते सफलतापूर्वक २६ वर्ष पूरा गर्ने जानकारी सभालाई दिए ।

अध्यक्ष श्रेष्ठले २६ वर्ष देखि सेवारत हिमालयन बैंक नेपालको वित्तिय क्षेत्रको अग्रणी मध्येको सुरक्षित र भरपर्दो बैंक भएको उल्लेख गरे । उनले नवीन, सुरक्षित तथा स्वस्थ बैंकिङ्ग प्रणालीको विकास गर्दै जनताको विश्वास अनुरुप अझ सुलभ तथा स्तरीय सेवा पु¥याउने लक्ष्यमा बैंक सदा झैं प्रतिबद्ध रहेको बताए । 

बैंकले आ.व. २०७४/७५ अन्त्य सम्म ९९ अर्ब ७४ करोड ३० लाख निक्षेप संकलन र ८६ अर्ब ८४ करोड ६६ लाख कर्जा प्रवाह गरेको छ जुन अघिल्लो वर्षको तुलनामा क्रमशः ७.३९ र ११.८६ प्रतिशतले बढी हो । 

उक्त सभामा सर्ब साधारण शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक पद १ मा विजय बहादुर श्रेष्ठ निर्बिरोध निर्वाचित भएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप