प्रदेश २ मा थप्पड प्रकरण : कर्मचारी संगठनले दिए सरकारलाई २४ घण्टे अल्टिमेटम (भिडियो)
जनकपुर– प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले उद्योग पर्यटन तथा वन मन्त्रालयका सचिव विद्यानाथ झालाई हानेको थप्पडले कर्मचारीहरु आन्दोलित भएका छन् । गत आईतबार भएको घटनालाई लिएर आज धनुषा र महोत्तरीका विभिन्न ९ वटा ट्रेड यूनियनले सचिव झालाई थप्पड हानेको घटनाको घोर भत्र्सना गर्दै सशक्त आन्दोलनको चेतावनी दिएका हुन् ।
ट्रेड युनियन धनुषाले कर्मचारीमाथि भएको हातपातले मनोबल गिराएको दाबी गर्दै सुरक्षाको प्रत्याभूतिको माग गरेको छ । युनियनले सुरक्षाको गर्दै आज मुख्यमन्त्री लालबाबु राउत र धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेललाई ५ बुँदे ज्ञापनपत्र बुझाएको छ । उनीहरुले दोषीलाई कार्वाहीको माग गर्दै २४ घण्टे अल्टिमेटम समेत दिएका छन् ।
युनियनले २४ घण्टाभित्र सचिव झालाई उचित स्वास्थ्य उपचार गर्न र घटनाको न्यायिक छानविन गर्न माग गरेका छन् । घटनामा संलग्न जो कोही दोषी उपर नियमानुसार सख्त कारवाही गर्न तथा पीडित कर्मचारीले तत्काल न्याय दिलाउन समेत प्रदेश सरकारसँग माग गरिएको छ ।
मधेशी निजामती ट्रेड युनियनका महासचिव बेचनकुमार महतोले २४ घण्टाभित्र मागहरु न्यायोचित रुपमा सम्बोधन नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिइएको बताए । यता, मुख्यमन्त्री राउतले पनि कर्मचारीहरुसँग छलफल गर्दै कुनै पनि किसिमको आन्दोलनका कार्यक्रम नगर्न आग्रह गरेका छन् । मुख्यमन्त्री राउतको आग्रहलगत्तै कर्मचारीहरुले तय गरेको कालोपटी बाँधेर काम गर्ने कार्यक्रम स्थगित गरेका छन् ।
ज्ञापनपत्र बुझाउन आधिकारीक ट्रेड युनियन धनुषाका अध्यक्ष रामबाबु साह, नेपाल निजामति कर्मचारी संगठन धनुषाका अध्यक्ष जितनारायण भत, जुनियर वन प्राधिकरण संघ धनुषाका अध्यक्ष बचन साह, आधिकारीक ट्रेड युनियन महोत्तरीका अध्यक्ष राजीशरण यादव, नेपाल राष्ट्रिय निजामति कर्मचारी संगठन धनुषाका अध्यक्ष नवलकिशोर यादव, राष्ट्रिय स्वास्थ्यकर्मी मिलन केन्द्र धनुषाका अध्यक्ष धनेश्वर यादव, नेपाल मधेशी निजामति कर्मचारी मञ्च धनुषाका दिपक ठाकुर, नेपाल निजामति कर्मचारी युनियन संगठन धनुषाका तैयव राईन, नेपाल मधेशी निजामति कर्मचारी मञ्च महोत्तरीका उपाध्यक्ष मनोज ठाकुर पुगेका थिए ।
यता,निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन, नेपाल निजामती कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी संगठनले सोमबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई ज्ञापन–पत्र बुझाउँदै सचिव झामाथि कुटपिट गर्नेमाथि कडा कार्वाही गर्न माग गरेका छन् ।
सो घटना निन्दनीय भएको उल्लेख गर्दै कर्मचारी संघ, संगठनहरुले सो सम्बन्धमा सत्यतथ्य छानविन गर्न आफूहरुसहितको सहभागिता हुनेगरी एक उच्चस्तरीय छानवीन समिति गठन गर्न र दोषीलाई कडा कार्वाही गर्न सरकारसँग माग गरेका हुन् । कर्मचारीको भावनामा आघात पुग्ने गरी सो घटना भएको उल्लेख गर्दै निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन केन्द्रिय कार्य समितिका उपाध्यक्ष भोलानाथ पोखरेलले दोषीमाथि कडा कार्वाही गर्न र निर्दोषलाई उचित क्षतिपूर्ति प्रदान गर्न माग गर्दै सरकारलाई ज्ञापन पत्र बुझाइएको बताए ।
आफुले भनेको गैरसरकारी संस्थालाई कार्यक्रम नपारेको भन्दै प्रदेश नम्बर २ का मन्त्री यादवले आफ्नै कार्यकक्षमा बोलाएर उद्योग, पर्यटन तथा वन मन्त्रालयका सचिव विद्यानाथ झालाई थप्पड हानेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेन्नई लखनउसँग ६ विकेटले पराजित
-
गोरखा महाभूकम्पको ९ वर्ष, सामान्य बन्दै बारपाकीको जनजीवन (तस्बिरहरू)
-
डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप
-
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबिच आज द्विपक्षीय वार्ता, विभिन्न सम्झौतामा हस्ताक्षर हुने
-
यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना, तराईमा हावाहुरी
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर