शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लोकसेवा टिप्स : वस्तुगत प्रश्नोत्तर

सोमबार, ३० पुस २०७५, १५ : ५५
सोमबार, ३० पुस २०७५

१. सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका गुफाडाँडामा राष्ट्रिय जलवायु सम्मेलन कहिले सम्पन्न भएको हो ?
 वि.सं. २०७५, पुस १६ र १७ गते । 
–    जलवायु अनुकूलन र यसबाट उत्पन्न असर न्यूनीकरणका लागि राष्ट्रिय जलवायु सम्मेलनले १० बुँदे गुफाडाँडा घोषणापत्र जारी गरेको छ ।
–    जलवायु परिवर्तन तथा त्यसले पारेको असर बारे वैज्ञानिक खोज एवं अनुसन्धानलाई प्रोत्साहन गर्दै जनचेतना अभिवृद्धिमा जोड दिइने कुरा गुफाडाँडा घोषणापत्रमा उल्लेख छ । जलवायु परिवर्तन र यसको प्रभावबारे वैज्ञानिक तथ्य एवं वास्तविकताको पहिचानका लागि हरेक गाउँपालिका र नगरपालिकामा जलवायु मापनकेन्द्र स्थापनाको पहल गर्ने गुफाडाँडा सम्मेलनले घोषणा गरेको छ ।
२. मध्यपहाडी लोकमार्गमा निर्माण हुन लागेका १० नयाँ सहर कसको मातहतमा बनाइने भएको छ ?
 केन्द्रीय सरकार
– सरकारले आ.व. २०७५÷७६ देखि सहर निर्माणको जिम्मेवारी प्रदेश सरकारलाई दिने निर्णय गरेकोमा २०७५ मङ्सिरमा बसेको मन्त्रिपरिषद वैठकले सहर निर्माणको जिम्मा सङ्घलाई नै दिएको छ ।
–    मध्यपहाडी लोकमार्गमा नयाँ सहर निर्माणको काम आ.व. २०६५÷६६ देखि सुरु भएको थियो ।
–    नयाँ सहरका रूपमा विकास गर्न छनोट भएका दश स्थानमा पाँचथरको फिदिम, तेह्रथुमको वसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी, बागलुङको वुर्तिवाङ, दैलेखको राकमकर्णाली, रुकुमको चौरजहारी, अछामको साँफेबगर, बैतडीको पाटन र तनहुँको डुम्रे रहेका छन् ।
–    १५ वर्षे योजनामा निर्माण हुन लागेका यी प्रत्येक सहरमा एक लाखभन्दा बढी जनसङ्ख्या व्यवस्थापन हुने बताइएको छ ।
३. प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराले कहिलेदेखि कार्यभार सम्हाल्नुभयो ?
 वि.सं. २०७५, पुस १८ गते ।
(२०१४ साल, मङ्सिर २८ मा काठमाडौँमा जन्मनुभएका चोलेन्द्र वीर शमशेरका पनाति हुनुहुन्छ । वीर शमशेरका छोरा इन्द्रशमशेर र उहाँका छोरा युवराज शमशेरका छोरा चोलेन्द्र २०५३ साल, वैशाख १ गते तत्कालीन पुनरावेदन अदालतको अस्थायी न्यायाधीश नियुक्त हुनुभएको थियो ।
४. प्रदेश २ का प्रमुख रत्नेश्वरलाल कायस्थले प्रदेश प्रहरी ऐन, २०७५ को प्रमाणीकरण कहिले गर्नुभयो ?
 वि.सं. २०७५, पुस १५ गते ।
–    १४ परिच्छेद, १०२ दफा र २ अनुसुची रहेको यस ऐनमा प्रदेश प्रहरीको कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय सम्बन्धी व्यवस्था सङ्घीय कानूनले निर्धारण गरे बमोजिम हुने व्यवस्था ऐनको दफा ९९ मा उल्लेख गरिएको । साथै दफा १०० का अनुसार प्रदेश लोकसेवा गठन नभएसम्म प्रदेश लोकसेवा आयोगले गर्ने भनी तोकेका काम, कर्तव्य लोकसेवा आयोगले गर्ने उल्लेख छ । त्यस्तै, दफा ६ को उपदफा १ मा प्रदेश प्रहरीको सङ्गठन, संरचना र प्रहरी कर्मचारीको सङ्ख्या नेपाल सरकारको सहमतिमा प्रदेश सरकारले तोके बमोजिम हुने व्यवस्था रहेको छ ।
–    प्रदेश प्रहरीको प्रमुखमा राजपत्राङ्कित विशिष्ट श्रेणीबाट रहने व्यवस्था गरिएको छ ।
–    खुला प्रतियोगिताद्वारा पूर्ति हुने पदमध्येबाट ४५ प्रतिशत पद आरक्षित गरिएको, जसमा ४५ प्रतिशतलाई १०० प्रतिशत आधार मानी मधेशीलाई ५४.३६, दलितलाई १७.२९, मुस्लिमलाई ११.५८, आदिवासी जनजातिलाई ६.६१, थारुलाई ५.२७ प्रतिशत र आर्थिक रूपले विपन्न खस आर्यलाई ४.८९ प्रतिशत छुट्याइएको छ ।  यसको प्रत्येक समूहमा ५० प्रतिशत महिलाका लागि आरक्षित गरिएको छ ।
५. उत्तर कोरियाली सर्वाेच्च नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाई इनबीच ऐतिहासिक भेटवार्ता कहिले भएको हो ?
 सन्् २०१८, अप्रिल २७ 
(किम र  मुनले आ–आफ्ना भूमिमा टेकेर हात मिलाएपछि उत्तर कोरियाली नेता किमले सीमारेखा नाघ्दै दक्षिण कोरियाली भूमिमा पहिलोपटक पाइला राख्नुभएको थियो । सन् १९४५ मा कोरिया दुई भागमा विभाजित भएपछि दक्षिण कोरियामा पाइला टेक्ने किम पहिलो नेता हुनुभएको छ । सो अवसरमा दक्षिण कोरियाली राष्ट्रपति पनि उत्तर कोरियाली भूमिमा पुग्नुभएको थियो । 
६. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच सिङ्गापुरमा शिखरवार्ता कहिले भएको हो ?
 सन् २०१८, जुन १२
–    अमेरिकी राष्ट्रपति र उत्तर कोरियाका सर्वोच्च नेताबीच इतिहासमै पहिलोपटक भेटवार्ता भएको थियो ।
–    शिखरवार्तामा उत्तर कोरियाको परमाणु निःशस्त्रीकरण र कोरिया प्रायद्वीपको स्थायित्वका लागि दुई नेताद्वारा सहमतिपत्रमा हस्ताक्षर गरिएको थियो ।
७. २१औँ शताब्दीको सबैभन्दा लामो चन्द्रग्रहण कहिले लाग्यो ?
 सन् २०१८, जुलाई २८ 
(ब्लड मुन पनि भनिने सो ग्रहण ३ घण्टा ४५ मिनेट (२०७५ साल , साउन १२ गते राति १२ः०९ देखि विहान ४ः०४ सम्म) लागेको थियो ।
८. हाल विश्वमा सवैभन्दा बढी मानिसले बोल्ने भाषा कुन हो ?
 चिनियाँ भाषा (एक अर्ब २० करोडले बोल्छन्)
(चिनियाँ भाषापछि सबैभन्दा बढी मानिसले बोल्ने दोस्रो भाषा स्पेनी र तेस्रो भाषा अङ्ग्रेजी हुन् ।)
९. सुत्केरी भैँसीलाई तीन हजार भत्ता प्रदान गर्ने व्यवस्था कहाँ गरिएको छ ?
 सल्यानको बागचौर न.पा. 
(नेपालको परम्परागत कृषि प्रणाली र पारिवारिक रूपमा गरिने पशुपालन व्यवसायलाई टिकाउन र प्रोत्साहन गर्ने उद्देश्यले भत्ताको व्यवस्था गरिएको हो ।)
१०. जलवायु परिवर्तनको जोखिमका हिसावले नेपाल कतिऔँ स्थानमा रहेको छ ?
 चौथो 
११. प्रतिनिधिसभाबाट कर्मचारी समायोजन अध्यादेश कहिले स्वीकृत भएको हो ?
 वि.संं. २०७५, पुस १७
१२. चितवन राष्ट्रिय निकुञ्जलाई प्लास्टिकमुक्त क्षेत्र घोषणा कहिले गरिएको हो ?
 वि.संं. २०७५, पुस १७
१३. “अध्ययनले हामीलाई आनन्द दिलाउँछ, सिँगार्छ र योग्य बनाउँछ ।” भन्ने भनाइ कसको हो ?
 फ्रान्सिस 
१४. चिया सर्वेक्षण प्रतिवेदन, २०७५ कहिले सार्वजनिक गरिएको हो ?
 वि.सं. २०७५, असार २९
–    राष्ट्रिय चिया तथा कफी विकास बोर्डको सहयोगमा केन्द्रीय तथ्याङ्क विभागद्वारा वि.संं. २०७४, वैशाख १ देखि चैत मसान्तसम्म सर्वेक्षण गरिएको थियो ।
–    पहाड तथा हिमालका जिल्लामा न्यूनतम एक रोपनी र तराईमा न्यूनतम एक कठ्ठा १० धुर क्षेत्रफलमा चिया उत्पादन गर्नेलाई व्यावसायिक चिया खेती अन्तर्गत राखिएको छ ।
–    सर्वेक्षण अनुसार चिया बगान र किसानको सङ्लग्नताका हिसावले इलाम अगाडि रहेको छ । 
–    चिया खेती गरिएको क्षेत्रफल र उत्पादनका हिसावले झापा सबैभन्दा अगाडि रहेको छ । 
–    चिया वगान र क्षेत्रफलका आधारमा तेस्रो स्थानमा पाँचथर हो ।
–    नेपालमा हाल व्यावसायिक रूपमा चिया खेती सञ्चालन भएका १४ जिल्लामा ताप्लेजुङ, पाँचथर, इलाम, झापा, सङ्खुवासभा, भोजपुर, धनकुटा, तेह्रथुम, मोरङ, दोलखा, सिन्धुपाल्चोक, रामेछाप, नुवाकोट र ललितपुर रहेका छन् । 
–    नेपालमा हाल १२ हजार ६६ हेक्टर जमिनमा चिया खेती गरिएको छ ।
–    नेपालमा हाल ९ हजार २३६ चिया वगान रहेका छन् ।
१५. अदुवा उत्पादन गर्ने राष्ट्रहरूमा नेपाल विश्वको कतिऔँ स्थानमा रहेको छ ?
 तेस्रो (सन् २०१८)
१६. दक्षिण एसियाली महिला विकास फोरमद्वारा आयोजित अन्तर्राष्ट्रिय महिला उद्यमी शिखर सम्मेलन सन् २०१८ मा कहाँ सम्पन्न भयो ?
 काठमाडौँ (सन् २०१८, सेप्टेम्बर ३–५)
(सम्मेलनको मुख्य नारा ‘समानता आर्थिक सशक्तीकरणबाट सुरु हुन्छ ।’ रहेको थियो ।)
१७. विश्वमा सबैभन्दा बढी जनसङ्ख्या भएको सहर कुन हो ?
 टोकियो, जापान (तीन करोड ८३ लाख)
(सबैभन्दा बढी जनसङ्ख्या भएका दोस्रोदेखि पाचौँ स्थानसम्मका सहरमा क्रमश ः दिल्ली (दुई करोड ७९ लाख), साङ्घाई (दुई करोड ५९ लाख), वेइजिङ (दुई करोड २८ लाख) र मुम्बई (दुई करोड २० लाख) रहेका छन् ।)
१८. वल्र्ड सिटी समिट–२०१८ कहिले र कहाँ सम्पन्न भएको हो ?
 सन् २०१८, जुलाई ८–१२, सिङ्गापुर 
१९. नेपालद्वारा चीन सरकारलाई उपहारस्वरूप एक जोडी गैँडा कहिले दिइएको हो ?
 वि.सं. २०७५, असार २८ (सन् २०१८ जुलाई १२)
(भद्र र रुपसी नामका गैँडा प्रदान गरिएको थियो ।)
२०. विश्वमा पहिलोपल्ट हाइड्रोजन रेलको सञ्चालन कहाँ गरियो ?
 जर्मनी (सन् २०१८, सेप्टेम्बर १६) 
–    पर्यावरण अनुकूलको सो रेललाई ज्थमचबष् िपनि भनिएको छ ।
–    पानीलाई विघटित गरी हाइड्रोजन र अक्सिजन निकालेर सञ्चालन हुने यस रेलले केवल जलवाष्प मात्र फ्याँक्ने गर्छ ।
–    टे«नको नाम कोराडिया आइलिन्ट राखिएको छ ।
२१. नेपाल सरकारद्वारा एक सय पर्यटकीय गन्तव्यको सूची कहिले सार्वजनिक गरिएको हो ?
 वि.सं. २०७५, कात्तिक १५ 
२२. वि.सं. २०७५ भदौ १ मा त्रिमूर्ति निकेतनद्वारा सत्यमोहन जोशी शताब्दी पदक क–कसलाई प्रदान गरियो ?
 चिरीबाबु महर्जन, लक्ष्मीदास मानन्धर र सुजीव बज्राचार्य 
२३. लोन्ली प्लानेटद्वारा सार्वजनिक प्रतिवेदन अनुसार सन् २०१९ मा घुम्नलायक विश्वका प्रमुख दश सहरको सूचीमा काठमाडौँ कतिऔँ स्थानमा परेको छ ?
 पाचौँ 
(सो सूचीमा रहेका प्रमुख  १० सहरमा क्रमश ः कोपनहेगन (डेनमार्क), सेन्जेन (चीन), नोभिसाद (सर्विया), मियामी (फ्लोरिडा), काठमाडौँ (नेपाल), मेक्सिको सिटी (मेक्सिको), डाकर (सेनेगल), सियाटल (अमेरिका), जादर (क्रोसिया) र मेक्नेस (मोरक्को) रहेका छन् ।)
२४. सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार हालसम्म कति जनालाई प्रदान गरियो ?
 चार (भगवतीकुमार काफ्ले, सूर्यप्रसाद गौतम, भाइकाजी तिवारी र शान्तराज सुवेदी)
२५. निजी क्षेत्रबाट सञ्चालित नेपालको तेस्रो केवलकार कुन हो ?
 कालिञ्चोक केवलकार (दोलखा) 
–    यो केवलकार वि.सं. २०७५, कात्तिक १७ देखि सञ्चालनमा आएको हो ।
–    धार्मिक तथा पर्यटकीय क्षेत्र कुरीदेखि कालिञ्चोक मन्दिरसम्म जोड्ने सो केवलकारको लम्वाइ नौ सय मिटर रहेको छ ।
–    कालिञ्चोक दर्शन प्रा.लि.द्वारा सञ्चलित उक्त केवलकार करिब ४५ करोड लागतमा निर्माण भएको हो । 
२६. काठमाडौँको रत्नपार्कमा पन्ध्रौँ काग सम्मेलन कहिले आयोजना गरियो ?
 वि.सं. २०७५, कात्तिक १९ 
–    इलामका रमेश दुलाल ‘कागे’ (एक सय ७३ जीवजन्तुको आवाज निकाल्न सक्ने)द्वारा कागको आवाज निकालेर करिब तीन सय काग बोलाई पन्ध्रौँ काग सम्मेलन सम्पन्न गरिएको थियो । सम्मेलन राष्ट्रिय सङ्गीतकर्मी सङ्घले आयोजना गरेको थियो । 
–    काग सम्मेलन हरेक वर्ष काग तिहारको दिन आयोजना गरिँदै आएको छ ।
२७. नेपाल भित्र बिक्री वितरण हुने पेट्रोल तथा डिजेलमा प्रतिलिटर प्रदूषण नियन्त्रण शुल्क कति तोकिएको छ ?
 ५० पैसा 
(प्रदूषण नियन्त्रण शुल्क पैठारीकर्ताले असुल गरी प्रत्येक महिनाको शुल्क अर्को महिनाको २५ गतेभित्र राजस्व खातामा दाखिला गर्नुपर्ने व्यवस्था रहेको छ । सो अवधिभित्र दाखिला नगरेमा वार्षिक १५ प्रतिशत व्याजसहित असुलउपर गरिने छ ।)
२८. वायो भिलेज नमूना कार्यक्रम सञ्चालन गरिएको नेपालको पहिलो जिल्ला कुन हो ?
 तनहुँ
२९. पशुपतिनाथ, लुम्बिनी र द्वारिका होटल वल्र्ड वुक अफ रेकर्ड (डब्लुवीआर) मा कहिले समावेश भएका हुन् ?
 वि.सं. २०७५, कात्तिक २५  
३०. संयुक्त राष्ट्रसङ्घ महासभाको पहिलो महिला अध्यक्ष को हुन् ?
 भारतीकी विजयालक्ष्मी पण्डित (सन् १९५३)
(हालसम्म संयुक्त राष्ट्रसङ्घको महासभाको अध्यक्ष हुने महिलामा  दोस्रो लाइबेरियाकी आन्जी ब्रुक्स (सन् १९६९), तेस्रो बहराइनकी हया रसद अल खलिफा (सन् २००६) र चौथो इक्वेडरकी मारिया फर्नान्डा एस्पिनोसा (सन् २०१८) हुनुहुन्छ ।) 
-गाेरखापत्र दैनिकबाट साभार
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप