मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

हुण्डीमा संलग्न रहेको आरोपमा तीन जना पक्राउ

आइतबार, २९ पुस २०७५, २१ : २८
आइतबार, २९ पुस २०७५

विराटनगर– हुण्डी कारोवारमा संलग्न रहेको आरोपमा प्रहरीले आज तीन जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा आस्था नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष विराटनगर–७ का ३२ वर्षीय राजेश हेडा, विराटनगर–११ का २५ वर्र्षीय सुमित साह र विराटनगर–१२ का ४१ वर्षीय दीपककुमार कर्ण रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले रु ६९ लाख ५७ हजार ६०० समेत बरामद गरेको छ । 


विराटनगर–७ स्थित आस्था नेपाल बहुउद्देश्यीय सहकारी संस्थाबाट हुण्डीको कारोवारमा भइरहेको प्राप्त सूचनाका आधारमा प्रहरीले लामो समयको अनुसन्धानपछि उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोजकुमार केसीले बताए । 

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका इटहरीस्थित राजश्व अनुसन्धान विभागमा पठाइने पनि उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप