शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नचाउनेदेखि रुवाउनेसम्म : यो साता भित्रिए बजारमा यस्ता गीत

आइतबार, २९ पुस २०७५, १६ : १३
आइतबार, २९ पुस २०७५

काठमाडौँ– दिन प्रतिदिन चिसिँदै गएको मौसमलाई गीत सङ्गीतले तताउने क्रम बढ्दो छ । यस्तैमा यो साता पनि विभिन्न शैलीका नयाँ गीत सङ्गीत साङ्गीतक बजारमा भित्रिए । अघिल्लो साताको तुलनमा यो साता सङ्ख्यामा  बजारमा आउने गीतको सङ्ख्य केही बढी देखियो । सार्वजनिक गीतमध्ये केही नचाउने, रुवाउने र केही सामान्य खालका समेत रहेका छन् । यस्ता छन्, यो साता बजारमा आएका गीत सङ्गीत ।


‘हुरी चल्यो १६ वर्षे बैंसको...’

काठमाडौँ । हर्टडान्सिङ बिटको ‘हुरी चल्यो हुरी चल्यो १६ वर्षे बैंसको...’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । अर्जुन सुनाम र बिन्दु परियारकोे मीठो स्वर रहेको गीत ‘हुरी चल्यो...’ हालै स्रोतामाझ आएको छ । 

सञ्चारकर्मी सुविसुधा आचार्यको शब्द, झमक संगितम्को सङ्गीत रहेको गीतको भिडियो निर्देशक शिवन श्रेष्ठ हुन् । 

अनिल तामाङको कोरियोग्राफी, एकान्त मगरको सम्पादन रहेको भिडियोमा एकान्त मगर, जुना आलेमगर, खुसिका मगराती लगायतका कलाकार देख्न सकिन्छ । 


‘धेरै टाढा’
काठमाडौँ – बुगी बुगी बिजेता कविता नेपालीको अभिनय रहेको गीत ‘धेरै टाढा’ सार्वजनिक भएको छ । गायक सुनिलसिंह ठकुरीको यो गीतमा कवितालाई मोडलिङमा निराजन प्रधानले साथ दिएका छन् । 

गीतमा घरदेखि धेरै टाढा तथा विदेशमा रहँदाको  पीडा झल्काइएको छ । गीतको शब्द जित चन्दको हो । चन्द हाल अस्ट्रेलियामा बस्दै आएका छन् । कमल खत्रीको सङ्गीत रहेको यस गीतको भिडियो अर्जुन अधिकारीले निर्देशन गरेका हुन् । 
‘तिमीविना निराश’
काठमाडौँ– नव गायक सञ्जय पाण्डेको स्वरमा रहेको ‘तिमीविना निराश’ बोलको गीत सार्वजनिक भएको छ । गायक पाण्डै सङ्गीत रहेको गीतमा योगन्द्र उपाध्यायको शब्द सिर्जना रहेको छ ।

भविष्यमा कुशल गायक तथा सङ्गीतकार बन्ने दृढ सङ्कल्प उनमा छन् । यसअघि उनले केही गीतहरूमा आफ्नो स्वर भरेका थिए । 

‘घाममा सुकाइदेऊ’
काठमाडौँ– गायक समिर आचार्य र गायिका विद्या तिवारीको नयाँ गीत ‘घाममा सुकाइदेऊ’ सार्वजनिक भएको छ । समिर आचार्य र विद्या तिवारीको यो गीतमा गायक समिर स्वयम्को शब्द तथा सङ्गति रहेको छ । 
आँचल शर्मा र मन्जिल बस्नेतको अभिनय रहेको यो गीतमा राम कुमार केसीको छायाङ्कन र टेकेन्द्र शाहको निर्देशन रहेको छ । 

‘तिमी हिँड्ने बाटो’

काडमाडौँ– गीतकार तथा सङ्गीतकार निरज सिलवालको नयाँ गीत बजारमा आएको छ । उनको शब्द सङ्गीत रहेको ‘तिमी हिँड्ने बाटो’ बोलको गीत हालै बजारमा आएको हो । 

सेन्टिमेन्ट गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ । बुढा सुब्बा म्युजिकको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको म्युजिक भिडियो नेत्र जङ्ग पाण्डेले निर्देशन गरेका हुन् ।

 सार्वजनिक गीतको म्युजिक भिडियोमा मिलन मिश्र, दिनेश कार्की र आयुषा श्रेष्ठले अभिनय गरेका छन् । भिडियोमा स्टोरी कन्सेप्ट शान्ति पाण्डेको रहेको छ । भिडियो कृष्ण भण्डारीले सम्पादन गरेका हुन् । सार्वजनिक गीतको भिडियो अस्ट्रेलियामा छायाङ्कन गरिएको हो ।

‘माया हजुर’
काठमाडौँ– गायक राजेश पायल राई र गायिका सुनिता थिगिमको आवाजमा मौलिक लोक गीत ‘माया हजुर’ गीतको भिडियो सार्वजनिक भएको छ  । 

सार्वजनिक गीतमा पूर्वेली कला र संस्कृतिको बारेमा वर्णन गरिएको छ । सूमाया राईको शब्द तथा डीआर अटुको सङ्गीत गीतमा रहेको छ । 

गीतको एरेन्ज राजु कार्कीको रहेको छ । अर्जोन लिम्बुको छायाङ्कन, मनोज राईको सम्पादन, केदार राईले कलर गरेका छन । गीतमा राजेश पायल राई र गायिका सुनिता थिगिमको अभिनय रहेको छ ।

‘शब्द रचना’
काठमाडौँ– गीतकार सिन्चुरी सुरेश घमालको एकल रचनामा गीति एल्बम ‘शब्द रचना’ सार्वजनिक गरिएको छ । 
केही वर्षअघि सार्वजनिक र दर्शक स्रोताको मनमा बस्न सफल गायक शिव परियारको आवाजमा रहेको ‘सबैले मलाई घृणा गरे पनि’ गीतसहित एल्बममा ११ वटा गीत समावेश गरिएको छ । 
गीतमा सङ्गीतकार दीपक शर्मा, निम सङ्गीत, कुमार गुरुङ, पुरुषोत्तम न्यौपानेको सङ्गीत रहेको छ । 
आधुनिक गीतहरू समावेश एल्बमका गीतमा गायक शिव परियार, प्रमोद खरेल, स्वरूप राज आचार्य, कुमार गुरुङ, पूर्णिमा लामा, सुधा रत्न, रारा अधिकारी ढुङ्गेल, रेक्स गुरुङको स्वर समावेश छ । 

‘तिमीजस्ती राम्री’
काठमाडौँ– शोभित बस्नेतको निर्देशन रहेको नयाँ गीतको भिडियो आएको छ । उजन नेम्वाङको स्वर रहेको ‘तिमी जस्ती राम्री’ बोलको गीतको भिडियो एबी पिक्चर्स फार्मको युट्युबबाट सार्वजनिक गरिएको हो ।

सार्वजनिक भिडियोमा नायिका सुष्मा कार्की र सोनिका रोकायालाई देख्न सकिन्छ ।‘तिमी जस्ती राम्री’ बोलको गीतको शब्द र सुरेश राईको सङ्गीत रहेको छ ।

‘तिमी साह्रै राम्री’
काठमाडौँ– गजलकार सुरेश वाग्लेको नयाँ गजल ‘तिमी साह्रै राम्री’को लिरिकल भिडियो सार्वजनिक भएको छ । वाग्लेको केही समयअघि सार्वजनिक ‘तिमी साथ भएपछि’ एल्बममा समावेस यस गजलमा मदन गोपालको सङ्गीत तथा स्वर सुन्न सकिन्छ ।

गजलको एरेन्ज पाकिस्तानी एरेन्जर इमाद रहमानलेले गरेका हुन् । उक्त गजलमा पाकिस्तानको कराँची सरहरमा स्टुडियोका सम्पूर्ण काम सकेर काठमाडौँको म्युजिक नेपालमा भोकल भरिएको थियो ।
गजलका विषयमा नेपाली वेबसाइटसँग कुरा गर्दै गजलकार वाग्लेले करिब २० वर्षअघि विद्यार्थी जीवनमा वीरगन्जमा रहँदा रचना गरेको गजल दर्शक स्रोतामाझ ल्याउन पाएकोमा खुसी व्यक्त गरे ।

‘सलल’ 
काठमाडौँ ।  गायक भरत सिटौलाको ‘सलल’ बोलको गीत सार्वजनिक भएको छ । युट्युबमार्फत सार्वजनिक गरिएको गीतमा गायक सिटौलाको स्वर र सङ्गीत रहेको छ ।
माया प्रेमले सलल बगेको गीतको शब्द रमेश अधिकारीले लेखेका हुन् ।  फराज अपर्णले निर्देशन गरेको भिडियोलाई हाइलाइट्स नेपालले युट्युब मार्फत् सार्वजनिक गरेको हो ।
गीतको म्युजिक भिडियोमा  अर्चना पन्थी र लुसानको  अभिनय देख्न सकिन्छ ।

‘सम्झनु त सझिलो छ’
काठमाडौँ– गायक कृष्ण काफ्लेको स्वर तथा सङ्गीतकार दीपक शर्माको सङ्गीतमा ‘सम्झनु त सझिलो छ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतलाई एसपी कोइरालाले लेखेका हुन् । गायक कृष्ण र सङ्गीतकार दीपकले एक दर्जन बढी हिट गीतहरू बजारमा दिसकेका छन् ।

स्याड भर्सनको गीतको म्युजिक भिडियोलाई निसान कास्यप घिमिरेले निर्देशन गरेका हुन् भने भिडियोमा सृष्टि खड्का र महेश खडका फिचर्ड छन् । थाइल्यान्ड र नेपालमा खिचिएको भिडियोमा ओम प्रसाईंको छायाङ्कन, विकास दाहालको सम्पादन र हेल्लोबाइको ड्रेस देख्न सकिन्छ ।

‘प्यारो गाउँ’
काठमाडौँ– प्राकृतिक सुन्दरताले भरिपूर्ण पर्यटकीय स्थल लङ्कापाराको बारेमा वर्णन गरिएको लङ्कापारा ‘प्यारो गाउँ’ सार्वजनिक भएको छ । 

गीतमा जीवनको शब्द रहेको छ भने स्वर ताराप्रकाश लिम्बुको रहेको छ । सुरज विकको सङ्गीत, एरेन्जमेन्ट तथा मिक्सिङ रहेको उक्त गीतको भिडियोमा कलाकार तथा मोडल जीवनको उत्कृष्ट अभिनय रहेको छ ।

 भिडियोमा अमिताभ चन्द्र र सङ्गम राईको संयुक्त छायाङ्कन रहेको छ भने कोरियोग्राफी हेमराज गजमेरको रहेको छ । भिडियोमा शर्मिला पुरीको निर्देशन र रहेको छ भने सम्पादन प्रवीन श्रेष्ठको रहेको छ । 
यसअघि पनि जीवनकै शन्द रहेको लङ्कापाराको गीत तथा भिडियो सार्वजनिक भइसकेको थियो जसमा निर्देशन तथा मोडलिङ जीवनकै रहेको थियो । 

यसअघिको गीतबाट राम्रो प्रतिक्रिया पाएपछि लङ्कापारा ‘प्यारो गाउँ’ ल्याएको जीवनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप