शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ह्याकर जसले पूरा देशको इन्टरनेट बन्द गरिदिए

आइतबार, २९ पुस २०७५, १५ : ४४
आइतबार, २९ पुस २०७५

सिएनएन । साइबर हमला गरेर पूरै लाइबेरियालाई अफलाइन बनाउने बेलायती ह्याकरलाई तीन वर्षको सजाय सुनाइएको छ ।

ड्यानियल कायलले लाइबेरियाको दुरसञ्चार सेवा प्रदायक कम्पनी लोनस्टारमाथि सन् २०१५ को अक्टोबरमा शृङ्खलाबद्ध साइबर हमला गरेका थिए । 

यसको कारण सन् २०१६ मा पश्चिमी अफ्रिकी मुलुक इन्टरनेटविहीन बन्न पुगेको थियो ।

बेलायतको राष्ट्रिय अपराध एजेन्सीले एक वक्तव्य जारी गर्दै ३० वर्षीय कायललाई प्रतिद्वन्द्वी कम्पनी सेलकमले प्रयोग गरेको जनाएको छ । सेलकमले भने यसमा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेको छ ।

कायललाई शुक्रबार लण्डन ब्लाकफेयरर्स क्राउन कोर्टले दुई वर्ष आठ महिना जेल सजया सुनाएको थियो ।

साइप्रसमा बसेर कायलले बटनेटको प्रयोग गरेर लोनस्टारबिरुद्ध निरन्तररुपमा डिस्ट्रीब्युटेड डिनायल अफ सर्भिस (डीडीओएस) रिक्वेस्ट पठाएका थिए । जसले गर्दा कम्पनीले उक्त समस्या समाधान गर्न करिब ६ लाख डलर खर्च गर्नुपरेको थियो । 

सेवा अवरुद्ध भएपछि कम्पनीले उपभोक्ताबाट हुने आयमा पनि करोडौँ डलरको नोक्सानी बेहोर्नु परेको थियो ।

सन् २०१७ को फेब्रुअरीमा पक्राउ परेपछि कायललाई जर्मनी सुपुर्दगी गरिएको थियो । त्यहाँ उनले ड्युटस्चे टेलिकममा साइबर हमला गरेको पनि स्वीकार गरेका थिए । सन् २०१६ को नोभेम्बरमा गरेको उक्त हमलामा १० लाखभन्दा बढी प्रयोगकर्ता प्रभावित भएका थिए ।

उनी गत डिसेम्बरमा बेलायतमा पुनः पक्राउ परेका थिए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप