शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘प्रेमलीला’ को प्रदर्शन मिति सर्यो

आइतबार, २९ पुस २०७५, १५ : ४१
आइतबार, २९ पुस २०७५

काठमाडौं – फिल्म ‘प्रेमलीला’ रिलिज सरेको छ । २५ माघबाट प्रदर्शनमा आउने भनिएको मिति सरेर १० फागुनमा पुगेको छ । 

भिएफएक्सको काम नसकिएकोले फिल्म सार्नु परेको निर्माता समेत रहेकी अभिनेत्री दीपशिखा खड्काले बताएकी छन् । 

अन्तर्देशीय प्रेमकथा समेटिएको फिल्मले केही पहिले फष्टलुक र दुई गीत सार्वजनिक गरेको थियो । ट्रेलर भने अबको केही दिनमा आउने छ । 

फिल्ममा दीपशिखा खड्का, भारतीय मोडल अलिखान, मौसम खड्का, सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायतको अभिनय रहनेछ । 

अभिनेत्री खड्काकै कथा तथा लेखन रहेको फिल्म नानीमैया कार्की र फैजिल फिल्मस्ले संयुक्त रुपमा निर्माण गरेको हो । 

फिल्ममा पवन गौतमको छायाँकन, चन्दनदत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप