शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अर्जुनपछि बोनी कपुर पनि सलमानको घरमा प्रवेश गर्न प्रतिबन्धित ?

आइतबार, २९ पुस २०७५, १३ : ३४
आइतबार, २९ पुस २०७५

आजकाल मलाइका अरोडा र अर्जुन कपुरको सम्बन्धबारे निकै चर्चा भइरहेको छ । मलाइका र अरबाज खानले आफ्नो १८ वर्षे वैवाहिक सम्बन्ध गत वर्ष समाप्त गरेका थिए । दुबैले अलग बाटो रोजिसकेका छन् । यता मलाइका अर्जुनसँगको सम्बन्धका कारण चर्चामा छिन् भने उता अरबाज पनि जर्जिया एन्ड्रियानी नामकी मोडललाई डेट गरिरहेको भन्ने खबर भारतीय संचारमाध्यमले सार्वजनिक गरेका छन् ।

भारतीय मिडिया टाइम्स अफ इन्डियाले बताए अनुसार सलमान खान  अर्जुन र मलाइकाको सम्बन्धका कारण निकै रुष्ट छन् । अझ यी दुईको विवाह हुन लागेको हल्लाले उनको रिसको पारो निकै माथि चढेको स्रोतले बताएको छ । कुनैबेला सलमानकी बहिनी अर्पिता खानसँग डेटिङ गरेका अर्जुन अब सलमानकी बुहारीसँगको प्रेम सम्बन्धमा छन् । भारतीय मिडियामा छापिएको खबरलाई विश्वास गर्ने हो भने सलमानले अर्जुनपछि अब उनका बुवा बोनी कपुरलाई आफ्नो घरमा प्रवेशका लागि प्रतिबन्ध गरेका छन् । यसबारे इन्डिया टाइम्सले पनि समाचार छापेको छ ।

स्मरण रहोस्, जब सन् २०१२ मा अर्जुनले बलिउडमा प्रवेश गरे तब त्यतिबेला सलमानले उनलाई निकै सहयोग गरे । बलिउड सेलिब्रिटीका सन्तानले सलमानबाट जस्तो सहयोग पाउँथे उनले पनि त्यस्तै पाए ।

तर रिपोर्ट अनुसार अब सलमान र अर्जुनबीचको सम्बन्धले नयाँ रुप लिइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप