मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मीमा पुरुषको जनसंख्याभन्दा महिला बढी, एक वर्षमा २७ हजार सन्तान जन्मिए

आइतबार, २९ पुस २०७५, १२ : ५०
आइतबार, २९ पुस २०७५

एकीकृत ग्रामिण विकास समाज गुल्मीद्वारा सञ्चालित सुआहारा कार्यक्रम दोश्रो चरणको घरधुरी सर्वेक्षण नतिजा सार्वजनिक गरेको छ । 

सो कार्यक्रम निर्देशक किरण गुरुङ्गले गुल्मीका  साविक ७९ वटा गाविस मध्ये ५२ हजार १ सय ६४ घरधुरीमा पुगेर गर्भवती र सुत्केरी आमाहरुको स्वास्थ्य अवस्थालगायतका विषयमा सर्वेक्षण गरिएको जानकारी दिए ।

सर्वेक्षणमा १ लाख २७ हजार पुरुष र १ लाख ३६ हजार महिला रहेको आर्थत पुरुष भन्दा ९ हजार महिलाको संख्या बढी रहेको पाइएको छ । त्यसमध्ये एक वर्षको अवधीमा १ हजार ८ सय ५२ जना महिला गर्भवती भएका छन ।

सर्वेक्षणका अनुसार ६ महिनासम्मका वालवालिका २३ हजार ४३ रहेका छन् । एक वर्षसम्मका २७ हजार ५२ जना रहेका छन् । 

७५ प्रतिशत आमासँग फोनको पहुँच रहेको, १३ सय ३८ जना गर्भवती आमाले आफ्नो स्वास्थ्य र बच्चाको बारेमा फोन म्यासेज गर्ने गरेका छन्  ।

मोबाइल फोन प्रयोगकर्ता पनि महिला बढी
सर्वेक्षणमा मोबाइल  फोनकर्ताहरु  पुरुषभन्दा महिला बढी भेटिएको छ । १५ वर्षदेखि १९ वर्ष उमेरका ५ प्रतिशत पुरुषले  मोवाईल फोन  प्रयोग गर्ने र सोही उमेर  समुहका महिला १२ प्रतिशतले मोवाइल फोन प्रयोग गर्ने गरेका छन् ।

६३ देखि ८७ प्रतिशतसँग मोबाइल फोनको पहुँच रहेको र ९८ प्रतिशतमा रेडियोको पहुँच रहेको सर्वेक्षणमा बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप