बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नीता अम्बानीको स्कुलमा बलिउड स्टारको ‘क्रेज’, फि यति महँगो ?

आइतबार, २९ पुस २०७५, १२ : ३५
आइतबार, २९ पुस २०७५

एजेन्सी – विद्यालयमा बालबालिकालाई शिक्षा दिन रुचाउने एसियाकै धनि मुकेश अम्बानीकी श्रीमती नीता अम्बानी सफल शिक्षा व्यवसायी हुन् । उनले रिलायन्स कम्पनीका संस्थापक धीरुभाई अम्बानीका छोरा मुकेश अम्बानीसँग बिहे गर्नुअघिनै आफूले विद्यालयमा काम गर्न पाउनुपर्ने शर्त राखेकी थिइन् । सफल व्यवसायमा संलग्न अम्बानी परिवारले उनका शर्त स्वीकार गरेका थिए । जसको कारण आज उनी सफल बन्न सफल भएकी छिन् । उनको मेहेनत र लगावले गर्दा नै आज उनको विद्यालय तथा कलेज सबैको रोजाईमा पर्ने गर्छ । 

जसमा बलिउडका शाहरुख खान, ऐश्वर्या राय, ऋतिक रोशनजस्ता धेरै सफल र चर्चित अभिनेता तथा अभिनेत्रीको छोराछोरी ‘धीरुभाई अम्बानी इन्टरनेशनल स्कुल’ मा पढ्दै आइरहेका छन् । 

शाहरुख खानका छोरा अबराम, आमिर खानका छोरा आजाद राव खान, ऐश्वर्या राय र अभिषेक बच्चनकी छोरी आराध्या बच्चन, ऋतिक रोशनका दुवै छोरा ऋदान र ऋहान दुवै यही स्कुलमा पढिरहेका छन् । लाखौँ रुपैयाँ फि भएको स्कुल बलिउड स्टारका छोराछोरीले भरिएको छ । 

यो स्कुलको फि तिर्न सेलिब्रेटीहरु मात्र सक्षम छन् । साधारण व्यक्तिका लागि निकै महंगो भएकाले उक्त स्कुलमा भर्ना हुन असम्भव जस्तै छ । 

नीता अम्बानीको लगानीमा २००३ मा खोलिएको यो स्कुल बान्द्रा इस्टस्थित बिकेसी कम्प्लेक्समा रहेको छ । अत्याधुनिक प्रविधिहरु भएको यो स्कुलमा एलकेजीदेखि १० कक्षासम्मको पढाई हुन्छ ।

एक रिपोर्टका अनुसार यस स्कुलका फि यसप्रकार छः

–एलकेजी बाट ७ औं कक्षासम्म १ लाख, ७० हजार 
–८ औं कक्षाबाट १० कक्षासम्म १ लाख, ८५ हजार
–८ औं कक्षाबाट १० औं कक्षाको (IGCSE बोर्ड) को ४ लाख, ४८ हजार 

नोटः माथि उल्लेखित रकम भारतीय विनिमयदरमा आधारित छ ।

यो पनि पढ्नुहोस् । 

८ सय मात्रै तलब भएकी नीताले यस्ता शर्तमा विहे गरेकी थिइन् मुकेश अम्बानीसँग​

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप