टोखामा चाकुको चटारो, २२ तस्बिरमा हेर्नुहोस्
आइतबार, २९ पुस २०७५, ११ : ०९
काठमाडौँ – माघेसंक्रान्ति नजिकिदै गर्दा काठमाडौँको टोखामा अहिले चाकु बनाउने व्यवसायीहरुलाई भ्याईनभ्याई छ ।
यहाँ चाकुका विभिन्न प्रकारहरु बन्छन् । साधारण चाकु बाहेक यहाँ खुवाको चाकु, स्पेशल चाकु, बदाम तथा विभिन्न किसमिस राखेर बनाइएका चाकुहरु टोखामा बन्दै आएको छ ।
यहाँ चाकु बनाउने व्यवसाय एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुन्छ ।
पुस माघको जाडो मौसममा शरीरलाई न्यानो राख्ने, शरीरलाई आवश्यक पौष्टिक तत्व र रोग प्रतिरोधात्मक क्षमता बढाउन चाकुको सेवन गर्ने गरिन्छ ।
हेरौँ केही तस्विरहरु :