बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

युभेन्ट्स र मिलान क्वार्टरफाइनलमा

आइतबार, २९ पुस २०७५, १० : ४६
आइतबार, २९ पुस २०७५

एजेन्सी – इटालियन सिरी ‘ए’ क्लब युभेन्ट्स र एसी मिलान कोपा इटालिया फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । शनिबार राति भएको प्रिक्वार्टरफाइनल खेलमा युभेन्ट्सले बोलोग्नालाई २–० गोलले हरायो । अर्को खेलमा मिलानले साम्पडोरियालाई अतिरिक्त समयमा २–० गोलले नै पराजित गर्यो । 

बोलोग्नाको घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सले खेलको नवौं मिनेटमा खाता खोलेको थियो । युभेन्ट्सका फेडरिको बर्नारडेस्चीले गोल गरे । मोइस किनले ४९औं मिनेटमा अर्को गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर बनाए । त्यसपछि दुवै टोलीबाट गोल भएन । 

यसैगरी शनिबार राति नै भएको अर्काे खेलमा एसी मिलानले साम्पडोरियालाई अतिरिक्त समयमा हराएको थियो । ९० मिनेटको खेल गोलरहित बराबरमा सकिएको खेलमा अतिरिक्त समयमा मिलान हावी भयो । मिलानले एकसय दुई र एकसय आठौं मिनेटमा गोल गरेको थियो । मिलानका लागि दुवै गोल प्याट्रिक कटरोनले गरे । अर्को खेलमा लाजियोले नोभारालाई ४–१ गेलले हराउँदै क्वार्टरफाइनलमा स्थान बनायो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप