शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सलाहको गोलमा जोगियो लिभरपुल

आइतबार, २९ पुस २०७५, १० : ४१
आइतबार, २९ पुस २०७५

एजेन्सी –इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुलले ब्राइटनमाथि कठिन जित हात पारेको छ । ब्राइटनको घरेलु मैदानमा शनिबार राति भएको खेलमा लिभपुलले ब्राइटनलाई १–० गोलले हरायो । 

लिभरपुलको कठिन जितमा मोहमद सलाह नायक बने । सलाहले ४९औं मिनेटमा पेनाल्टीमा गोल गर्दै लिभरपुललाई हारबाट जोगाएका थिए । सलाहको जारी सिजनमा यो १७औं गोल हो । ब्राइटनका पास्कल ग्रसले सलाहलाई फल हानेपछि लिभरपुलले पेनाल्टीको पाएको थियो । 

जितसँगै लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटी सँग सात अंकको अग्रता बनाएको छ । लिभरपुलले २२ खेलबाट ५७ अंक बनाएको छ । एक खेल कम खेलेको सिटीको ५० अंक छ । २६ अंक बनाएको ब्राइटल १३औं स्थानमा छ । 
यसैगरी शनिबार रातीनै भएको अर्को खेलमा चेल्सीले न्युक्यासल युनाइटेडलाई २–१ गोलले पराजित गर्यो । घरेलु मैदानमा चेल्सीलाई जिताउन पेड्रो रोड्रिग्वीज नवौं र विलियनले ५७औं मिनेटमा गोल गरे । न्युक्यासलका कियरन क्लार्कले ४०औं मिनेटमा एक गोल फर्काएका थिए । जितपछि २२ खेलबाट ४७ अंक बनाएको चेल्सीले चौथो स्थान थप बलियो बनाएको छ । १८ अंक बनाएको न्युक्यासल रेलिगेसनमै छ । 

अन्य खेलमा बर्नलीले फुलहामलाई २–१, बाटफोर्डले क्रिस्टल प्यालेसलाई २–१ र  साउथह्याप्पटनले लेस्टर सिटीलाई २–१ गेलले हरायो । कार्डिफ सिटी र हडर्सफिल्ड टाउनले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप