बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेमी जोडीको ४५ सय वर्ष पुरानो कंकालले खोल्यो थुप्रै राज

आइतबार, २९ पुस २०७५, ०९ : ५३
आइतबार, २९ पुस २०७५

सौतिक विश्वास /बीबीसी

भारतको हरियाणामा हिसार जिल्लाको राखीगढ गाउँमा हडप्पा सभ्यतासँग जोडिएको एक क्षेत्रको उत्खननको क्रममा लगभग ४५ सय वर्ष पुरानो ‘प्रेम जोडी’ को भेटिएको कंकालले थुप्रै राज खोलेको  छ ।

सन् २०१६ मा भारत र दक्षिण कोरियाका वैज्ञानिकले यो कंकाल भेटेका थिए र पछिल्ला दुई वर्षमा यो जोडीको मृत्युको कारणमाथि अनुसन्धान गरिएको थियो । यो अनुसन्धान अब एक अन्तर्राष्ट्रिय पत्रिकामा छापिएको छ ।

पुरातत्ववीद बसन्त सिन्देले यसबारे बीबीसीलाई भने, ‘एक महिला र एक पुरुषको यो कंकालले एक–अर्कालाई हेरिरहेको भान हुन्छ । यो प्रेमी जोडीको कंकाल हुनसक्छ र दुबैको मृत्यु एकै स्थानमा भएको हुनसक्छ । तर उनीहरुको मृत्यु कसरी भयो, त्यो अहिले पनि रहस्य नै छ । ’

यो कंकाल आधा मिटर बलौटे भूमीमा गाडिएको थियो । वैज्ञानिकले मृत्युका बेला पुरुषको उमेर करिब ३५ वर्ष र महिलाको लगभग २५ वर्ष को हुनसक्ने अनुमान गरेको छ । दुबैको लम्बाई क्रमशः ५ फिट ८ इन्च र ५ फिट ६ इन्च हुनसक्छ । यी कंकालको हड्डी साधारण छन् । यस्तो लाग्दैन कि यी दुबैलाई कुनै रोग थियो ।

पुरातत्ववविदका अनुसार यो जोडीको मृत्यु एकैपटक भएको हुनाले उनीहरुलाई एकैठाउँमा गाडिएको हुनसक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप