बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पीएसजीको अपराजित यात्रा जारी

आइतबार, २९ पुस २०७५, ०९ : ४८
आइतबार, २९ पुस २०७५

एजेन्सी  । पेरिस सेन्ट जर्मन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा आफ्नो अपराजित यात्रा जारी राखेको छ । 

लिग अन्तर्गत शनिबार राती भएको खेलमा पीएसजीले १० खेलाडीमा समेटिएको एमिन्सलाई ३–० गोलले हरायो । 

एमिन्सको मैदानमा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा रवाफ जमाएको पीएसजीले ५७ औँ मिनेटमा खाता खोलेको थियो । 

पीएसजीका एडिन्सन काभानीले पेनाल्टीमार्फत पहिलो गोल गरे । विपक्षी एलेक्स बीलिनले काभनीलाई डिबक्समा लडाएपछि भिएआरको सहायतामा पीएसजीलाई पेनाल्टीको मौका दिइएको थियो । 

६६ औँ मिनेटमा एमिन्स १० खेलाडीमा समेटियो । एमिन्सका खालिद एडिनन दोहोरो पहेंलो (रातो) कार्ड खादै बाहिरिएका थिए । 

त्यसपछि पीएसजी थप हावी भयो । ७० औँ मिनेटमा केलियान एमबाप्पेले गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए । ७९ औँ मिनेटमा मार्किन्योसले गोल गर्दै पीएसजीलाई ३–० गोलको फराकिलो जित दिलाए । 

जितसँगै १८ खेलसम्म अपराजित पीएसजीले ५० अंक बनाएको छ । पीएसजी दोस्रो स्थानमा रहेको लिलेभन्दा १३ अंकले अगाडी छ । २० खेल खेलेको लिलेको ३७ अंक छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप