मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

द्वन्द्वकालका घटना उचाल्न डा. केसीको अनशन

आइतबार, २९ पुस २०७५, ०७ : २३
आइतबार, २९ पुस २०७५

काठमाडौँ – सत्तारुढ दल नेकपा नेता एवं सांसद योगेश भट्टराईले चिकित्सा शिक्षा विधेयकको नाममा डा. गोविन्द केसीले गरिरहेको अनशनबाट द्वन्द्वकालका घटना उचाल्ने प्रयास भएको बताएका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

नेपालमा शान्ति प्रक्रिया, संविधान र सरकारविरुद्धको षड्यन्त्रमा डा. केसीलाई अनशनमा राखेर द्वन्द्वकालका घटना उचाल्ने प्रयास गरेको उनको आरोप छ ।

शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै सांसद भट्टराईले चिकित्सा शिक्षा विधेयकबारे केसीका सबै माग सम्बोधन भए पनि पछिल्लो अनशनमा द्वन्द्वकालका घटनामा संलग्नलाई कारबाही गर्नुपर्ने माग राखेर केसीले आफ्नो अनशनलाई नै हलुका बनाएको र स्वास्थको विषयलाई विषयान्तर गरेको बताएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप