कांग्रेस भातृसंगठन लथालिंगः सरकारविरुद्ध तरुण दलले प्रदर्शन गर्ने
आइतबार, २९ पुस २०७५, ०७ : १४
काठमाडौँ – प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका भातृ तथा शुभेच्छुक संगठनहरु लथालिंग बन्न पुगेका छन् । माउ पार्टी कांग्रेस शीर्ष नेताहरुले गुटगत स्वार्थले नेपाल विद्यार्थी संघको पटकपटक म्याद थप गर्दासमेत महाधिवेशन अनिश्चित बनेको छ भने नेपाल तरुण दल, नेपाल महिला संघसहितका संगठनहरुले अर्को महाधिवेशन गर्ने समय आउन लाग्दासमेत केन्द्रीय समितिले पूर्णता पाउन सकेको छैन । यो समाचार आजको नागरिक दैनिकमा छ ।
कांग्रेस भातृसंगठन नेपाल तरुण दलले सरकारविरुद्ध सातै प्रदेशमा प्रर्दशन गर्ने निर्णय गरेको छ । कम्युनिस्ट नेतृत्व सरकार अभिनायकवादी चरित्र, भ्रष्टाचार, महँगी, मूल्य वृद्धि, वाइडबडी, निर्मला पन्त हत्यालगायत गैरकानुनी र अलोकतान्त्रिक रबैया बढ्दै गएको जनाउँदै तरुण दलले प्रदेश राजधानीमा विरोध कार्यक्रम सार्वजनिक गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला
-
डिएभी विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम ‘तरङ्ग’ भव्य रूपमा सम्पन्न
-
मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
-
एकल, दलित र विपन्न महिलालाई आत्मनिर्भर बनाउन सवारी चालक तालिम
-
ब्राइटनविरुद्ध म्यानचेस्टर सिटीलाई ४–० को जित, उपाधि होड थप रोमाञ्चक