जनप्रतिनिधि नै सुन तस्करीमा, प्रहरी जोगाउने दाउमा
सिरहा - सिराहको गोलबजार, ९ धुर्मीखोला नजिकबाट तस्करीक पौने दुई किलो सुन बरामद गरेके सशस्त्र प्रहरीले केही अभियुक्त उम्काउन खोजेको सार्वजनिक भएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिएको हो ।
शनिबार भारतीय नम्बर प्लेटको स्कारपियो गाडीबाट एक किलो सात सय ७५ ग्राम सुन बरामद गरेको सशस्त्रले ६ अभियुक्त पक्राउ गरे पनि एक जनप्रतिनिधिसहित तीन जनालाई लुकाएको सार्वजनिक भएको हो ।
सार्वजनिक गरेको एक अभियुक्तले नै सूचना चुहाएपछि सशस्त्रले अन्य तीन जनालाई पक्राउ परेको जानकारी केही घण्टापछि दिएको छ । सदरमुकाम लहानस्थित सशस्त्र प्रहरी बल हेडक्वार्टर ७ नम्बर गणबाट खठिएको टोलीले सुनसहित उनीहरुलाई पक्राउ गरेको थियो ।
घटनामा अभियुक्त अमिरुल खानले अन्य तीन जना पनि पक्राउ परेको पत्रकारमाझ बताएपछि प्रहरी अप्ठ्यारामा परेको थियो । पत्रकारले थप बुझ्न खोज्दा एक दुई घण्टा पछि आउनुहोस भन्दै एसपी सोमप्रसाद गुरुङले सम्मेलन सक्काएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान